अन्तरिक्षमा पहिलो पटक अश्लिल चलचित्र निर्माण गरिने

814
  •  
  •  
  •  

pornhub-eva-lovia-johnnyकाठमाडौ, २९ जेठ(एजेन्सी) : एडल्ट वेबसाइट पोर्नहबले अन्तरिक्षमा पहिलो पटक अश्लिल चलचित्र निर्माण गर्ने निर्णय गरेको छ । पृथ्वीको लोअर अर्विटमा यो चलचित्रको शुटिङ गर्नका लागि वेबसाइटले स्पेश मिसनको तयारी पनि सुरू गरेको छ ।

वेबसाइटले यो मिशनलाई ‘सेक्सप्लोरेशन’ नाम दिएको छ, जुन २०१६ मा शुटिङ हुने अपेक्षा गरिएको छ । पोर्नहबले यस चलचित्रको लागी लान्ने शुटिङ अगाडि र पछाडिको सम्पूर्ण खर्च बेहोर्ने छ । एडल्ट इन्टरटेनमेन्टको दुनियाँमा पोर्न हब एक चिनिएको नाम हो । यो साइटमा एक वर्षमा १६ अर्ब अवलोकनकर्ताले अश्लिल भिडियो हेर्ने गर्छ ।

स्क्रिप्टमा काम सुरू, पोर्न स्टारहरू अनुबन्धित

pornhub-eva-lovia-johnny2
पोर्न स्टार इवा लोविया र जोनी सिन्स एक टेलिभिजनमा

वेबसाइटले अब यस चलचित्रको स्क्रिप्टमा काम गरिरहेको छ । पोर्न स्टार इवा लोविया र जोनी सिन्सलाई यस चलचित्रका लागि अनुबन्धन गरिएको छ । यी दूईलाई ६ महिनासम्म कडा तालिम दिइने बताइएको छ । वेबसाइटले आफ्नो एक बयानमा भनेको छ , ‘अन्तरिक्षमा जीवनको केही अनौठा क्षण छन् । जुन विषयमा सावधानीपूर्वक विचार र अनुसन्धान आवश्यक रहेको छ । खास रूपमा यौन । हामी यसरी नै एडल्ट उद्योगलाई बदल्न चाहन्छौ ।’

अन्तरिक्षमा यौनबारे पहिले पनि चर्चा

pornhub-eva-lovia-johnny1जानकारहरूका अनुसार अन्तरिक्षमा सेक्सको प्रयास पहिले कहिल्यै भएको थिएन । तर, प्रविधी र माइक्रो ग्र्याभिटीमा शारीरिक सम्बन्ध सम्भव छ । अन्य गर्ह या कृतिम सेटेलाइटमा मानव बस्ती बसाउनका लागि यो आवश्यक हुन्छ । सन् २००६ मा स्पेस फ्रन्टियर फाउन्डेशनले वर्षेनी गर्ने गरेको कार्यक्रममा सेक्स इन स्पेस प्यानलले यस विषयमा चर्चा गरिएको थियो । नासाका प्रवक्ताले स्पेस सेक्सका क्रममा अन्तरिक्षमा मानिसको बायोलोजिकल, इमोशनल र फिजिकल समस्याहरूको पनि चर्चा भएको थियो ।


  •  
  •  
  •