‘ए’ डिभिजन लिगका चौथो चरणका खेलहरू शुरु

554
  •  
  •  
  •  

काठमाडौं, १० मंसिर(ओएनएस) । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको चौथो चरणका खेलहरू आजदेखि शुरु हुँदैछन् ।

आज हुने तीन खेलमा दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा र एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा हुनेछ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार आजको पहिलो खेलमा दुई अपराजित टोली संकटा क्लब र विभागीय टोली त्रिभुवन आर्मी एन्फा कम्प्लेक्समा प्रतिष्पर्धा गर्दैछन् ।

एन्फा कम्प्लेक्समा हुने दोस्रो खेलमा चौथो स्थानको थ्रीस्टारले एनआरटीसँग खेल्दैछ । लगातार दुई खेल जितेर उत्कृष्ट ुशरुआत गरेको थ्रीस्टार पछिल्लो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग पराजित भएको थियो ।

एनआरटीले लिगको उद्घाटन खेलमा आर्मीसँग अंक बाँड्नुबाहेक त्यसयता राम्रो खेल्न सकेको छैन । तेस्रो खेलमा हल्चोकस्थित एपिएफ मैदानमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

लिगअन्तर्गत चौथो चरणको खेलको पूर्वसन्ध्यामा सबै क्लबहरूले जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रने बताएका छन् । थ्रीस्टारका सहायक प्रशिक्षक अशोक राईले आफूहरू जित्नकै लागि खेल्ने बताए ।


  •  
  •  
  •