काठमाडौ, ७ पुस(एजेन्सी) : अमेरिकामा एउटा यस्तो गोली निर्माण गरिएको छ, जसले आवश्यक पर्दा आफ्नो दिशा समेत परिवर्तन गर्न सक्छ । अमेरिकी रक्षा मन्त्रालयले यो अनौठो गोलीको परिक्षण गरिरहेको छ ।
‘दी एक्सट्रीम एक्यूरेसी टास्क्ड आँर्डनेंस(एक्जेक्टो)को ‘डिफेन्स एडभांस्ड रिसर्च प्रोजेक्ट एजेन्सी(डिएआरपीए) द्धारा परिक्षण भइरहेको छ । यो .५० क्यालिबरको गोली हो जसले आफ्नो लक्ष्यमा जाँदै गर्दा बीचबाटोबाटै आफ्नो दिशा परिवर्तन गर्न सक्छ ।
‘पपुलर साइन्स’का अनुसार यो गोली कसरी काम गर्छ भन्न विषयमा कुनै जानकारी भने दिइएको छैन् । यसले मुख्य रूपमा निशानेबाजहरूको उपयोगका लागि प्रयोग गरिने बताइएको छ । यसका लागि स-साना सुधारहरू पनि परिवर्तनकारी सावित हुन सक्छन् ।
डीएआतरपीएको वेबसाइटमा दिइएको विवरण अनुसार विषेश प्रणालीबाट युक्त यो गोलीमा दिशा निर्देशक प्रणाली पनि छ, जसले लक्ष्यको बाटो ट्र्याक गर्छ, बाटोमा आउने अनपेक्षित अवरोधबाट बच्नका लागि गोलीलाई दिशा परिवर्तन गर्न मद्धत गर्छ । यो नयाँ प्रविधीमा सुधार ल्याउनका लागि यसको विभिन्न प्राकृतिक परिस्थितिहरूमा परीक्षण भईरहेको छ ।