दाङ, २५ साउन (ओएनएस) : दाङको क्षेत्र नम्बर ५ मा आर्थिक वर्ष २०७१/०७२का लागि ९५ वटा राष्ट्रिय योजनाहरू परेका छन् । सरकारको रातो बुकमा परेका योजनाहरू मध्ये दाङ–सुर्खेत सडक खण्ड कालोपत्रे देखि ग्रामिण सडक, बिद्युत विस्तार, खानेपानी, सिँचाई कुलो र शिक्षा क्षेत्रका योजनाहरू बढि रहेका छन् ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं दाङ क्षेत्र नम्बर ५ बाट निर्वाचित सभासद दिपक गिरीको पहलमा झन्डै एक सय वटा योजनाहरू क्षेत्र नम्बर ५ का लागि मात्रै रातो बुकमा परेका हुन । कृष्ण प्रसाद भट्टराई मार्ग (तुलसीपुर–पुरानधारा–सुर्खेत) दाङ्ग/सुर्खेत मार्ग कालोपत्रे गर्नका लागि सबैभन्दा धेरै १० करोड बजेट रातो बुकमा पार्न सभासद गिरी सफल भएका छन् । सो सड्क खण्ड कालोपत्रे गर्नका लागि अबको ११ महिना पछि ए.डि.बी.ले जिम्मा लिने गरी सहमति भैसकेको कांग्रेस केन्द्रिय सदस्य गिरीले जानकारी दिए । सडक सम्बन्धि अन्य १४ वटा योजनाहरूसमेत रातो बुकमा पार्न यूवा नेता गिरीले भूमिका निर्वाह गरेका छन् ।
सडका योजनाहरूमा दोघरिया, प्रतापकोट, मखनराकुरी सडक सल्यानको लुहामसम्म निर्माण, सुकौरा चरकमटिया सडक, पवननगर–८ भमके वालापुर सडक, सुकौरा–बेलभार सडक, दुधेना थारुगल्ली रातोपहर भट्टे सडक , पञ्चकुले गा.वि.स. वडा नं १ र २ को नयाँ सडक इ.प्र.का. देखि उत्तर खिलतपुर हुँदै बाघमारेसम्म र पश्चिम हापपुरेसम्म सडक निर्माण, तुलसीपुर बनगाउँ गोल्टाकुरी सडक, बंगलापुर फुर्केसल्ले मलई सडक , पवन नगर हेल्थपोष्ट देवीस्थान सुकेकोट मन्दिर जाने सडक, अश्वरा बटोलपुर जाने सडक, शान्तिनगर–१ एकलिदेखि चिरागारसम्म र चिरागार गिदनिया पोटलीसम्मको सडक ग्रावेल गर्ने, रंगैचा हारीचार बाघमारे सल्यान सडक,दाङ्ग÷सल्यान सडक खण्डहरू गरि १४ वटा सडक सम्बन्धि योजनाहरू रातो बुकमा परेका छन् ।
त्यस्तै खानेपानी योजना अन्र्तगत, रानीवन हेकुली खानेपानी आयोजना, बालापुर खानेपानी आयोजना, पुरानधारा हापपुरे खानेपाी आयोजना, सिमगैरा खैरबोटे खानेपानी निर्माण, पुरानधारा, पञ्चकुले खानेपानि, चिसापानी खानेपानी , धनौरी–५ सुनडवरी खानेपानी, पवन नगर खानेपानीलगायतका योजना छन् ।
सिंचाई योजनामा पञ्चकुले चिसापानी त्रिमुखेश्वर महादेवको मन्दिर निर्माण, पुरानधारा झर्ना संरक्षण, हेकुली–२ चिरागार एकली गनार सिचाई योजना, पुरानधारा बबरपुर सिचाई योजना, धनौरी कोरबाङ सिचाई योजना, हेकुली पोटली मिरौली झर्ना सिचाई योजना, तुलसीपुर १० को डाँडाखुटीमा सिचाई प्रणाली,बाघमारे–३ मा बाघमारे सिचाई योजना, धनौरी–१ मा चिलिया सिचाई योजना, बाघमारे–१ बगिया दुवीचौर सिचाई योजना, हेकुली–८ लिफ्ट सिचाई योजना,तुलसीपुर –११ अश्वरामा डबरा सिचाई कुलो, पञ्चकुले–५ मा पञ्चप्रगन्ना सिचाई योजना, पुरानधारा–८ को बगरपुर ढुंगेकोट सिचाई योजना, धनौरी हिलेखानी सिचाई योजना, हेकुली–१, २, ३ र ८ मा प्रगन्ना सिचाई योजना,डाँडाखुटी सिचाई योजना,धनौरी पश्चिम बाईसे सिचाई योजना ,पञ्चकुलेख सुनपुरे सिचाई योजना, शान्तिनगर बस्तीखोला सिचाई योजना, पवननगर–३को सिरकट्टि सिचाई योजना, धनौरी–९ को धनौरीडबरा सिचाई योजना,तुलसीपु नगरपालीको झुमरे कटपुईया सिचाई योजना, तुलसीपुर–८ मा बुधेना टिकहरी सिँचार्ई योजना, श्रीगाउँमा बैला खोला सिँचार्ई योजना,हेकुलीमा लौवस्ता डाँडाचिस सिँचार्ई योजना, पुरानधारामा खैरभट्टि सिँचार्ई योजना, लगाएतका छन् ।
त्यस्तै अन्य विकासे योजनाहरू यसप्रकार छन् ः
,
५४. पवननगर पहिरो नियन्त्रण, पवन नगर–७
५५. बाघमारे पहिरो नियन्त्रण, बाघमारे–८
५६. पातुखोलामा भूसंरक्षण
५७. बबई नदीमा भूसंरक्षण, सिमठानी श्रीगाउँ ।
५८. बबई नदीमा भूसंरक्षण,बैबाङ्ग, हेकुली
५९. बबई नदीमा झोलुङ्गेपुल हेकुलीको बैबाङ्ग र गोल्टाकुरीको बाँकी जोड्ने ।
६०. बबई नदीमा झोलुङ्गे पुल,पञ्चकुलेको वडा नं ६ र ९ जोड्ने ।
६२ पक्किपुल बौलाखोलामा, कोरबाङ्ग र मठ्यौरी विचमा
६३. पक्कि पुल पातुखोलामा, सुकौरा र सुकदेवाको विचमा ।
६४. मनकानाम भगवती मन्दिर निर्माण, शान्तिनगर–२ चिराघाट ।
६५. शहिद स्मृती भवन, शान्तिनगर–९
६६. बुद्ध मा.वि. शान्तिनगर–८
६७. सरस्वती प्रा.वि.कट्कुइया, तु.न.पा.–८
६८. सरश्वती उ.मा.वि.पञ्चकुले–५
६९. शान्तिनगर–३ रिङ्गरोड स्तर वृद्धि
७०. मरुवा निर्माण, हेकुली गा.वि.स.
७१. भानुभक्त मा.वि. कौशिलापुर पञ्चकुले
७२. गा.वि.स भवन, शान्तिनगर
७३. गा.वि.स भवन, हेकुली
७४. गा.वि.स. भवन, पवननगर
७५. जनकल्याण उ.मा.वि., सिम सुन्दरपुर, बाघमारे
७६. सुधाशाह नि.मा.वि., पञ्चकुले–३
७७. जनता प्रा.वि., भलानेटी, शान्तिनगर
७८. सिद्धेश्वरी नि.मा.वि., पञ्चकुले–८
७९. बयाले सिमतारा क्याम्पस, शान्तिनगर–३
८०. खारखोली सिँचार्ई योजना, शान्तिनगर–३
८१. बोगटी सिँचार्ई कुलो,बाघमारे–५
८२. गोल्टाकुरी नमुना बस्ती, गोल्टाकुरी
८३. पुरानधारा ट्यांक खोला पुल, पुरानधारा (सर्वेक्षण)
८४. विचारीबाध सिँचार्ई योजना, धनौरी
८५. बाघमारे गा.वि.स. वडा नं. १ २ ३ र ६ मा सीमेन्ट पोल विद्युत जडान र ट्रन्सफर्मर
८६. श्रीगाँउ गा.वि.स. मा सिमेन्ट पोल विद्युत जडान र ट्रन्सफर्मर
८७. गोलटाकुरी गा.वि.स.मा फुर्केसल्ली मलईसम्म विद्युत जडान
८८. हेकुली गाविस वडा नं १,८,९ मा सीमेन्ट पोल विद्युत जडान र ट्रन्सफर्मर
८९. सीमेन्ट पोल तु.न.पा. ८ सुनबर्षा
९०. पुरनधरा गा.वि.स. वडा नं. ७ र ८ मा विद्युत जडान
९१. पञ्चकुले गा.वि.स. कालीतारा, कृष्णपुर, ढोलपुरमा सीमेन्ट पोल विद्युत जडान र ट्रन्सफर्मर
९२. तु.न.पा. गहतेमा विद्युत ट्रन्सफर्मर
९३. त.न.पा. वडा नं. १० मा सिमेन्ट पोल, विद्युततार
९४. शान्तिनगर गा.वि.स. मा सिमेन्ट पोल र विद्युत जडान
९५ पवन नगर गा.वि.स. मा सिमेन्ट पोल र विद्युत जडान
लगाएतका खुद्रे योजनाहरू पनि नेता गिरीले रातो बुकमा पार्न सफल हुनु भएको छ ।