काठमाडौ, २६ भदौ : सेप्टेम्बर ११ लाई विश्वका हरेक मानिसले सम्झने दिन हो । विश्वलाई नै थर्काउने पेन्टागन र वर्ल्ड ट्रेड सेन्टरमा भएको आंतकी हमलाको सम्झना सधै नै गर्ने गरिन्छ । उक्त हमलामा २ हजार ९ सय ८३ मानिसले ज्यान गुमाएका थिए । यस हमलामा अलकायदा प्रमुख ओसामा बिन लादेनको हात रहेको बताइएपनि यो घटना निकै रहस्यमय छ र यसको रहस्योद्घाटन गर्ने केही तथ्य भने अहिले सम्म फेला पार्न सकिएको छैन् ।
उक्त घटनामा संलग्न भएका भनिएका बिन लादेनलाई अमेरिकाले हत्या गर्दै हजारौ अमेरिकी र विदेशी नागरिकको मृत्युको बदला लिएको भनिएपनि आज पनि यस घटनाबारे अनौको प्रश्नहरू भने अनुत्तरित नै छन् । यस आंकतकारी हमलाको घटनाको योजना निर्माण गर्नेदेखि यस घटना घटेपछिसम्मका घटनालाई लिएर निकै धेरै प्रश्नहरू उठेका छन् । कयौ मानिसहरू यस घटनाको योजना अमेरिकाले नै गरेको थियो ।
– हमलाको लागि ४ वटा प्लेन हाइज्याक गरिएको थियो, जसमा दुई वटा वर्ल्ड ट्रेड सेन्टरमा र एउटा पेन्टागनमा खसालिएको थियो । यस्तै, एक अर्को जहाज खाली मैदानमा दुर्घटनाग्रस्त भएको थियो । रक्षा विभागका अनुसार यसको निशाना व्हाइट हाउस थियो । विषेशज्ञका अनुसार यसको निशाना राष्ट्रपति भवन थियो, तर किन यसले निशानामा लाग्न सकेन भन्ने प्रश्नहरू अहिले पनि अनुत्तरीत नै छन् । उक्त विमानलाई सुरक्षित अवतरण गरेर खाली जग्गामा दुर्घटनाग्रस्त भएको विमान राखिएको थियो ।
– वाल स्ट्रीटको केही फर्म्स र इन्सोरेन्स फर्म्सको पैसा युनाइटेड एयरलाइन्स र अमेरिकी एयरलाइन्समा लगाइएको थियो । केही फर्म्सहरूले कुनै ठूलै घटना घट्ने संकेत भने पाइसकेका थिए र यसै बहानामा पैसा जम्मा गर्ने तरिका निकालेका थिए ।
– हमला भएको केही समयपछि ओसामाले उक्त हमलामा आफ्नो हात नभएको जिकिर गरेका थिए । किन अचानक यस्ता भिडियोहरू सार्वजनिक भएको थियो, जसमा अमेरिकामा यस्तै खालका अन्य हमला गर्ने चेतावनी दिइएको थियो । के ती सबै भिडियो नक्कली थिए ।
– हमला हुनुभन्दा पहिला लगभग ४ हजार यहुदीहरूले सोही दिन छुट्टी लिएका थिए । यसको के अर्थ निकाल्न सकिन्छ ? के यी यहुदीहरूलाई पहिले देखी नै थाहा थियो की यस्तो हमला हुँदैछ ।
– विमानस्थलसँग जानकारी राख्नेहरू भन्छन् विमान बसेका यात्रीहरुले आफ्नो घरमा फोन गरेर प्लेन हाइज्याक भएको कुरा बताएका थिए, जबकी त्यो उचाईमा फोनको नेटवर्क हुनु लगभग असम्भव छ ।
– १७ देशमा गरिएको सर्वेक्षणमा अमेरिकी हमलालाई लिएर मानिसहरुको विचार लिइएको थियो, जसमा ९ वटा देशले उक्त हमला अल कायदाले गरेको बताएका थिए । यस्तै, ४६ प्रतिशत मानिसले मात्र उक्त आक्रमण अलकायदाले गरेको राय व्यक्त गरेका थिए । जबकी ७ प्रतिशत मानिसले अमेरिका, ७ प्रतिशत मानिसले इजरायल र अन्य मानिसले उक्त हमलाका लागि अन्यलाई नै जिम्मेबार मान्छन् ।
– ‘नो प्लेन थ्योरी’लाई विश्वास गर्ने प्राय सबै विषेशज्ञहरूका अनुसार ट्विन टावरलाई विमान ठोक्काएर ध्वस्त पार्न लगभग असम्भव जस्तै थियो । उनीहरूका अनुसार वर्ल्ड ट्रेड सेन्टरमा प्रयोग गरिएको स्टिललाई छेड्नु निकै मुस्किल काम हो । विज्ञहरूका अनुसार हमलाका जतिपनि भिडियोहरू देखाइएको थियो ती सबै इडिट गरिएको थियो । यदी भिडियोका प्रत्येक फ्रेमलाई हेर्ने हो भने तपाईलाई के थाहा हुन्छ भने ती विमान नभई मिसाइल थिए ।
– मानिसहरूले विश्वका अन्य राष्ट्रसँग आफ्नो पहुँच पुर्याउनका लागि अमेरिकाले आफैले उक्त हमला गराएको भनाई राख्ने गरेका छन् । आफैमाथि हमला गराएर उसले अफगानिस्तानमा हमला गर्नका बाटो निर्माण गरेको, मध्यपूर्वमा खस्केको आफ्नो स्थितिलाई मजबुत गर्न चाहेको मानिसहरूले भन्ने गरेका छन् ।
(एजेन्सीको सहयोगमा)