पहिरोमा परी म्यानमारमा ९० जनाको मृत्यु

148
  •  
  •  
  •  

काठमाडौँ, ६ मंसिर(एजेन्सी) : उत्तरी म्यानमारको एक खानी नजिकै गएको पहिरोमा परी कम्तिमा ९० जनाले ज्यान गुमाएका छन् ।

कोचिन प्रान्तभन्दा टाढा रहेको यो स्थानमा धेरै मानिसहरू हरियो बुहमुल्य ढुङ्गा मिल्ने आशामा त्यहाँ झओपडी बनाएर बस्दै आएका थिए । उक्त ढुङ्गा भेटेमा भाग्य नै बदलिने आशामा उनीहरू त्यहाँ बस्दै आएका थिए ।

एक स्थानीय अधिकारी निलार माइन्तले भने, ‘हामीले शनिबार ७९ र आइतबार ११ जनाको शव भेटेका छौ । यसरी करिब ९० जनाको शव भेटिएको छ । हामीले शव मात्र देखिरहेका छौ र यहाँ कति मानिस थिए भन्ने कसैलाई पनि थाहा छैन् ।’ उनले अहिलेसम्म पहिरोबाट एक जनालाई मात्र जिवितै निकालिएको थियो तर उसको पनि केही समयमानै मृत्यु भएको थियो ।

माइन्तले रेडक्रस, सेना, प्रहरी र स्थानीय समूहका उद्धारकर्मीहरू घटनास्थलमा रहेका छन् र मानिसलाई पहिरोबाट निकाल्ने प्रयासमा छन् । टाढा भएको यो क्षेत्रमा खराब मौसमका कारण उद्धारकार्य गर्न पनि गाह्रो भइरहेको समाचारमा जनाइएको छ । पहिरो गएको स्थानमा विश्वको सबैभन्दा उत्कृष्ट हरियो पत्थर पाइन्छ, जसको कारोबारबाट मलेसियाले वार्षिक अरबौ डलर कमाउँदै आएको छ ।


  •  
  •  
  •