९ वर्षका बालकले चीनका राष्ट्रपतिलाई भने, ‘आफ्नो तौल कम गर्नुस्’

266
  •  
  •  
  •  

chinese-president and president putinकाठमाडौ, ४ पुस(एजेन्सी) : चीनमा ९ वर्षकी एक बालकले राष्ट्रपति शि जिनपिंगलाई एक पत्र लेखेका छन् । उक्त पत्रले देशभित्र मात्र नभएर देशबाहिर पनि हलचल मच्चिएको छ । उक्त पत्रमा बालकले लेखेका थिए, ‘तपाई आफ्नो मोटोपन थोरै कम गर्नुस् ।’

झोगंझाऊमा बस्दै आएका नियू जिरू नामका ती बालक अहिले कक्षा ४ मा पढ्छन् । झोंगझाऊ इभिनिङ्ग न्युजका अनुसार पत्रमा राष्ट्रपति शीलाई सम्बोधन गरिएको थियो । उक्त पत्र अन्तरिक्ष उद्योगको बारेमा विद्यालयमा निबन्ध प्रतियोगितामा लेखिएको थियो ।

राष्ट्रपतिले बालकले ‘शी दाई’ भनेर सम्बोधन गरेका थिए । पत्र राष्ट्रपतिलाई पठाइएको होइन तर, जिरूका पितालाई यति राम्रो लाग्यो की उनले त्यसको फोटो वी-च्याटमा शेयर गरिदिए । इन्टरनेट प्रयोगकर्ताले फोटो फर्वार्ड गरे । यसले झोङंझाऊ इभिनिंग न्युजले भेट्टायो र उक्त पत्रलाई समाचार बनाएर छापिदियो । राष्ट्रपति शीलाई पत्र कस्तो लाग्यो त्यो थाहा छैन् तर, उनको प्रचार तन्त्रलाई राम्रो लागेन र डिजिटल संस्करणलाई हटाउन लगाएका थिए ।

chinese boys latterबच्चाले लेखे, ‘चीनले मंगलमा जाने योजना बनाउनुपर्छ । अमेरिका, रूस र युरोपीय संघ र भारतमा समेत यस्तो योजना बनिसकेको छ । हामीले पनि चाँडै गर्नुपर्छ ।’ यसपछि उनले लेखाईको विषय परिवर्तन गरे । उनले लेखे, ‘शी दाई, तपाईले आफ्नो केही तौल कम गर्नुपर्छ । अमेरिकी राष्ट्रपति बाराक जस्तो स्लिम नभएपनि तपाई कम्तिमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन जस्तो त देखिनुस् ।’


  •  
  •  
  •