नेपाल बैंकको नौ महिनामा साढे दुई अर्ब बढी नाफा

302
  •  
  •  
  •  

काठमाडाैँ, १३ बैशाख (अाेएनएस) :नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षका सुरुका नौ महिनामा साढे दुई अर्ब भन्दा बढी नाफा कमाएको छ ।

उक्त अवधीमा बैंकले दुई अर्ब ५६ करोड ७७ लाख खुद नाफा कमाएको हाे।

यस अवधिमा बैंकको निक्षेप ९० अर्ब ८१ करोड र कर्जा ७९ अर्ब ७१ करोड रुपैया पुगेको छ । बैंकको कूल भाखा नाघेको कर्जा अनुपात २ दशमलव ९१ प्रतिशत रहेको छ ।

बैंकको खुद मुनाफा गत वर्षको यहि अवधिको तुलनामा २ दशमलव ६ प्रतिशतले बढी देखिएकाे हो । यस अवधिमा सञ्चालन मुनाफा तीन अर्ब १२ करोड रहेको बैंकले जनाएको छ ।


  •  
  •  
  •