प्रचण्डको नेतृत्वमा ९ सदस्यीय हेडक्वाटर, हेडक्वाटरमा को-को ?

220
  •  
  •  
  •  

Prachandaकाठमाडौँ, १० जेठ(ओएनएस) : नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा ९ सदस्यीय हेडक्वाटर बनाउने निर्णय गरेको छ ।

१० माओवादी घटकहरूको एकतापछि बसेको केन्द्रीय समिति बैठकले अन्य पदाधिकारी नरहने गरी तत्कालका लागि नौ सदस्सीय हेडक्वाटर बनाउने निर्णय गरेको हो ।

प्रचण्ड नेतृत्वको हेडक्वाटरमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरूङ, मातृका यादव, मणि थापा, जयपुरी घर्ती र तिलक परियार रहने भएका छन् ।

केन्द्रीय समितिमा एक पदीय वा बहुपदीयमा जाने भन्ने विषयमा सहमति जुट्न सकेको थिएन । सोमबार बसेको बैठकले तत्कालका लागि हेडक्वाटर बनाउने निर्णय गरेको छ ।


  •  
  •  
  •