पूर्वका ९ जिल्ला बन्द

226
  •  
  •  
  •  

मोरङ, १० माघ(ओएनएस) : मोरङको रंगेली घटनाको विरोध गर्दै लिम्बुवान संयुक्त संघर्ष समितिले पूर्वका नौ जिल्ला बन्दको गराएको छ ।

बन्दका कारण ती जिल्लाको जनजीवन विहानैदेखि प्रभावित भएको छ । मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र संखुवासभा जिल्ला बन्दका कारण प्रभावित बनेका छन् । यी जिल्लाहरुमा आज बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन संचालनमा आउन सकेका छैनन् भने बजार र शैक्षिकसंस्था ठप्प छन् ।

निर्दोष जनतालाई गोली हानेर सरकारले आतंक सृजना गरेको भन्दै लिम्बुवान संघर्ष समितिले विरोध गरेको हो । मधेसी मोर्चाका कार्यकर्ताले पनि घटनाको विरोध गरिरहेका छन् । अझै पनि शव उठाइएको छैन । आजै घटनाका विषयमा समिक्षा गर्न र समस्या समाधान गर्न मोरङमा सर्वपक्षीय बैठक बस्दैछ । दिउँसो बस्ने बैठकमा आन्दोलनरत पक्षका माग र जनजीवन सहज बनाउनेमा छलफल केन्द्रित हुनेछ ।


  •  
  •  
  •