एक्सनमा लालबाबु पण्डित :कर्मचारीलाई तह लगाउन ९ बुँदे आदेश

308
  •  
  •  
  •  

काठमाडौं, ५ चैत (अाेएनएस) : गत शुक्रबार मन्त्रिपरिषद् विस्तारकाे क्रममा मन्त्रालय हेरफेर भएपछि संघीय मामिला तथा सामान्य मन्त्रालयकाे जिम्म्वारी पाएका प्रशासनमन्त्री लालबाबु पण्डित एक्सनमा उत्रिएका छन् ।

यसअघि सामान्य प्रशासनमन्त्री हुँदा चर्चा कमाएका मन्त्री पण्डितले यस पटक पनि लोकप्रिय काम गर्ने संकेत देखाएका छन् ।

आइतबार मन्त्री पण्डितले कर्मचारीलाई तहमा ल्याउन भन्दै ९ बुँदे आदेश दिएका छन् । उनले दिएको ९ बुँदे आदेश निम्न छन् ।

१. एक हप्ता भित्रमा सरुवा भएको कार्यालयमा नजाने कर्मचारीको नामावली ल्याउनु ।

२. सरुवा गरेपछि रमाना नदिने कार्यालय प्रमुखलाई कार्यवाही हुन्छ ।

३. ट्रेड युनियनको काम कार्यालय समय भित्र गर्न पाइँदैन ।

४. कार्यालय समयमा ट्रेड युनियनको काम गरेमा कार्वाहीको भागीदार हुन तयार हुनुस् ।

५. ट्रेड युनियनका पदाधिकारीसँग नीति निर्माणमा मात्र प्रशासनले सहयोग माग्ने ।

६. सरुवा वढुवामा ट्रेड युनियनले चासो लिन पाउने छैन, अब चासो नलिनु ।

७. सम्पुर्ण कर्मचारीको काज तुरुन्तै फिर्ता गराउनु ।

८. सरुवा भएको कार्यालयमा हाजिर हुन नदिनेलाई दण्डित गर्छु ।

९. स्वेच्छिक अवकाश मानसिक रोगी भई काम गर्न नसक्ने र असक्तको लागि मात्र व्यवस्था गरिनेछ


  •  
  •  
  •