बर्डम्यान वर्षको उत्कृष्ट चलचित्र, एडी रेडमेन र जुलियन सर्वोत्कृष्ट…(तस्विरसहित)

253
  •  
  •  
  •  

काठमाडौ, ११ फागुन(एजेन्सी) : यस वर्षको ओस्कार अवार्डको घोषणा भएको छ । यस वर्ष चलचित्र बर्डम्यानले सर्वोत्कृष्ट चलचित्रको अवार्ड हात पार्न सफल भएको छ ।

oscar awardचलचित्र वर्डम्यान एलेजान्द्रो इनयारिटुले निर्देशन गरेको उक्त चलचित्रले ब्यायहुड, सेल्मा, अमेरिकन स्निपर, दी इमिटेशन गेमलगायतका चलचित्रलाई पछि पार्दै उक्त अवार्ड हात पार्न सफल भएको हो । सोही चलचित्रका लागि एलेजान्द्रो इनयारिटुले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् ।

Eddie Redmayneयस वर्षको सर्वोत्कृष्ट नायकको अवार्ड वैज्ञानिक स्टीफन हकिङ्ग्सको जीवनीमा आधारित चलचित्र ‘दी थ्योरी अफ एभरीथिङ्ग’का नायक एडी रेडमनले जितेका छन् । Julianne Moore

यस्तै, सर्वोत्कृष्ट नायीकाको अवार्ड चलचित्र ‘स्टिल एलिस’मा डाक्टर एलिस होउल्याण्डको भूमिका निर्वाह गरेकी नायीका जुलियान मुरेले हात पारिन् ।

supporting actor1जेके सिमोन्सले यस वर्षको उत्कृष्ट सह-नायकको उपाधी जितेका छन् । उनले विप्ल्यास चलचित्रमा गरेको अभिनयका लागि उक्त अवार्ड हासिल गरेका हुन् । supporting actor

यस्तै, चलचित्र ब्यायहुडमा सह-नायीकाको भूमिका निर्वाह गरेकी पेट्रिसिया आर्क्वेट्टेले सर्वोत्कृष्ट सह-नायीकाको अवार्ड हात पारिन् ।

oscar award2चलचित्र ‘विप्ल्यास’ले सर्वोत्कृष्ट साउण्ड मिक्सिङ, अमेरिकन स्निपरले बेस्ट साउण्ड इडिटिङ्, सेल्माले बेस्ट सङ्गको उपाधी हासिल गरेका छन् भने सर्वोत्कृष्ट एनिमेटेड फिचर चलचित्रको अवार्ड बिग हिरोले जितेको छ भने सर्वोत्कृष्ट एनिमेटेड सर्ट चलचित्रको अवार्ड फिस्टले जितेको छ । यस्तै, विदेशी फिल्ममा इडा उत्कृष्ट घोषित भयो ।

oscar award1ओस्कारमा वर्डम्यान र दी ग्राण्ड बुडापेष्ट होटेलले ४ वटा विधामा अवार्ड जित्न सफल भएका छन् ।


  •  
  •  
  •