573
  •  
  •  
  •  

काठमाडौं, १५ जेठ (ओएनएस) : आज जेठ १५ अर्थात सातौं गणतन्त्र दिवस । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको छ वर्ष पूरा भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरि गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ । दिवस अन्तर्गत दिपावली सहितका तीन दिने कार्यक्रमहरु हिदैदेखि सुरु भएका छन् ।
हिजो सरकारी कार्यालय, गैर सरकारी संघ संस्थाहरुले बेलुका आ आफ्नो कार्यालयमा दिपावली गरेका छन् भने आज र भोलीसहित तीन दिनसम्म दिपावली गर्ने कार्यक्रम छ । दोस्रो लोकतान्त्रिक जनआन्दोलन २०६२–६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइँदै आइएको छ ।
सो दिवसका सन्दर्भमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा घोषित कार्यक्रम अनुसार जेठ १४, १५ र १६ गते राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रम आयोजना गरिने छ । गणतन्त्र दिवसका दिन आज सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री एवम् गणतन्त्र मूल समारोह समितिका अध्यक्ष सुशील कोइराला, विभिन्न संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाल सरकारका निजामती, प्रहरी, जङ्गी तथा संस्थानका कर्मचारी लगायतको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरियो ।


  •  
  •  
  •