बलात्कारका अभियुक्तलाई आठ वर्ष कैद, पीडितलाई एक लाख क्षतिपूर्ति

151
  •  
  •  
  •  

No Rapeओखलढुंगा, २४ चैत(ओएनएस) : ओखलढुंगा जिल्ला अदालतले १० वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्राप्चा गाविसका फणिन्द्रबहादुर कार्कीलाई आठ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायधीश शुभाषबाबु पुरीको इजलासले सोमबार अभियुक्तलाई आठ वर्ष कैद र पीडितलाई एक लाख क्षतिपूर्ति दिन आदेश दिएको हो ।

कार्की बालिका बलात्कार आरोपमा ०७१ पुस २९ गतेदेखि पुर्पक्षका लागि थुनामा बसेका थिए । सिद्धिचरण नगरपालिकामा डेरा गरी बस्ने कार्कीलाई सोही घरमा बस्ने बालिका बलात्कार आरोपमा ०७१ पुस १२ गते जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।

अदालतले पीडित बालिकालाई क्षतिपूर्तिसहित कैद गर्ने फैसला गरेको अदालतका कर्मचारी नारायण परियारले जानकारी दिए । अदालतको आदेशपछि पीडित परिवारले न्याय पाएको प्रतिक्रिया दिएका छन् ।


  •  
  •  
  •