भारतमै छोरी जन्माउने आमाबुवाले पाउँछन् ८ लाख

380
  •  
  •  
  •  

२२ फागुन : भारतमै छोरी जन्माउने आमाबुवाले छोरीको शिक्षा दिक्षको लागि ८ लाख रुपैयाँ पाउने गरेका छन्।

परम्परागत समाजमा छोरा र छोरी बीच अझै पनि भेदभाव भएकोले छिमेकी मुलुक भारतको कर्नाटक राज्यले आफ्नो राज्यभित्र बसोबास गर्ने जनताहरुको लागि यस्तो ब्यवस्था गरेको हो। यहाँ सन् २०१८ देखि अस्पतालमा जन्मिने हरेक बालिकाका बुवाआमाले ८ लाख रुपैयाँ पुरस्कार पाउँदै आएका छन् ।

समाजले छोरीलाई हेयको दृष्टिले हेर्ने चलन यहाँ अझै पूरै हटेको छैन । यही विभेदको मानसिकतालाई चिर्नका लागि यहाँको सरकारले एउटा अनौठो उपाय अबलम्बन गरेको छ । जस अनुसार गएको जनवरी १ देखि त्यहाँ जन्मिने हरेक छोरीका अभिभावकले प्रोत्साहन स्वरुप ५ लाख भारु पुरस्कार पाउँदै आएका छन् ।

अस्पतालले त्यहाँ जन्मिने छोरीहरुको शिक्षादीक्षामा सहयोग पुगोस् भनेर छोरी जन्मिँदा प्रोत्साहन पुरस्कार दिने घोषणा गरेको हो । उक्त पुरस्कार रकम अस्पतालका आयुक्त तथा जन्मिने बालिकाको संयुक्त बैंक खातामा जम्मा गरिनेछ ।
एजेन्सी


  •  
  •  
  •