८ करोड मूल्य बराबरको जडीबुटी पाँच औले बरामद

1939
  •  
  •  
  •  

कञ्चनपुर, २७ बैशाख(ओएनएस) : कञ्चनपुरको भीमदत्तनगरपालिका-९ बाट सशस्त्र प्रहरीले ८ करोड मूल्य बराबरको प्रतिबन्धित जडीबुटी पाँच औले बरामद गरेको छ ।

भारततर्फ म१प ३४३६ र भारतीय युए ०६ जी २९६३ नम्बरको दुईवटा मोटरसाइकलबाट चार वटा बोरामा राखेर लैजान लागिएको अवस्थामा आइतबार राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उक्त परिमाणको पाँच औले बरामद गरेको हो ।

बरामद जडीबुटी जिल्ला वन कार्यालय कञ्चनपुरमा जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

संकलन, बिक्री वितरण र निकासीमा प्रतिबन्ध लगाइएको जडीबुटी पाँच औँले प्रतिगोटा एक हजार बढी मूल्य पर्ने वन कार्यालय कञ्चनपुरले जनाएको छ ।


  •  
  •  
  •