आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपतिले गर्ने

525
  •  
  •  
  •  

नेपालगञ्ज, १० वैशाख(ओएनएस) : आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् ।

बुधबार भव्य समारोहका बीच नेपालगञ्जस्थित महेन्द्र रंगशालामा उपराष्ट्रपति पुनले समापन गर्ने प्रदेश नं ५ का प्रदेश खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिएका छन् ।

समापन समारोहमा फुटबल प्रतियोगितको फाइनल खेल मात्र हुनेछ ।  फुटबल प्रतियोगितको फाइनल खेलको शुभारम्भ उपराष्ट्रपति पुनले गर्नेछन् । फाइनल खेल बुधबार दिउँसो साढे ३ बजे हुनेछ ।

सेमिफाइनलमा प्रदेश नं ५, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) र नेपाल पुलिस क्लब पुगेका छन् ।गत चैत २७ गतेबाट खेल शुरु गरिए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रंगशालामा भव्य समारोहका बीच गरेकी थिइन् ।

‘आठौं राष्ट्रिय खेलकूद, हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मूल नाराका साथ भइरहेको प्रतियोगितामा करीब पाँच हजार खेलाडी सहभागी भएका छन् ।


  •  
  •  
  •