८ वर्षीय बालकको अपहरण र हत्याको आरोपमा ८ पक्राउ

268
  •  
  •  
  •  

jenish mahasethमहोत्तरी, २८ पुस(ओएनएस) : भटौलिया गाविस २ का आठ वर्षीय जेनिस भन्ने चिरञ्जीवि महासेठको अपहरणपछि हत्या गरिएको आरोपमा आठ जना स्थानीयलाई पक्राउ गरिएको छ । जसमध्ये तीन जनाको प्रत्यक्ष संलग्नता रहेको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ परेकामध्ये अनिशकुमार साहबाहेक कसैको नाम सार्वजनिक गरेको छैन । भटौलिया गाउँमा माघ ५ गते लगाइने हनुमानी झण्डा मेलामा केही युवाहरुको अनुकुल नाँचतमासा नआउने संकेत पाएपछि बालकको अपहरणपछि हत्या गरिएको आशंका स्थानीयको छ । सदरमुकाम जलेश्वरबाट ६ किलोमिटर टाढा रहेको सो गाउँमा आयोजना गरिने झण्डा मेलाको संयोजक जेनिसका बुवा रवीन्द्र महासेठ छन् ।

आइतबार साँझ बालक जेनिसलाई अनिशले अपहरणकारी समूहको जिम्मा लगाएका थिए । गएराती सुरक्षाकर्मीले एकडारा गाविस ७ स्थित गहुँखेतमा बालकको लास गाँडिएको अवस्थामा फेला पारेका थिए । प्रहरी उपरीक्षक जनक भट्टराईले घटनामा संलग्न भएकाहरुको पहिचान भइसकेको तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको बताए ।

हत्या भएको आठ वर्षीय बालक भटौलिया गाविस ८ अजमरपट्टि स्थित अमरज्ञान इंग्लिस बोडिङ्ग स्कूलको कक्षा एलकेजीमा अध्ययनरत थिए ।


  •  
  •  
  •