७७ वर्षका मन्त्रीले गरे ५३ वर्ष कान्छी नर्ससँग विवाह

197
  •  
  •  
  •  

77 year old minister marriesकाठमाडौ, ४ माघ(एजेन्सी) : भारतको मणिपुरका ७७ वर्षका स्वास्थ्य एवं परिवार कल्याण मन्त्री फुंगजाथंग तोन्सिंगले ५३ वर्ष कान्छी नर्ससँग विवाह गरेका छन् । इण्फालमा भएको विवाह समारोहमा मणिपुरको मुख्यमन्त्री ओकराम इबोबी सिंह सहित प्रमुख मानिस समावेश भएका थिए ।

यो तोन्सिंगको दोस्रो विवाह हो । २४ वर्षीय दुलही थैगगेशांग मणिपुरको चुराचन्दपुर जिल्लाको न्यु लम्का क्षेत्रमा बस्दै आएकी थिइन् । पछिल्लो वर्ष नोभेम्बरमा बंगलादेशका रेल मन्त्री मुजीबुल हकले २९ वर्षकी होनुफा अख्तर रिक्तासँग विवाह गरेका थिए । उनको त्यो पहिलो विवाह थियो ।


  •  
  •  
  •