गान्धीका छोरा आफ्नै छोरीसँग जर्बजस्ती यौनसम्बन्ध राख्थे !

115
  •  
  •  
  •  

यस्तो छ गान्धीले छोरालाई लेखेको चिठ्ठी

काठमाडौं, ३ जेठ – महात्मा गान्धीको बारेमा नसुन्ने कमै होलान् । उनको अहिंसावादी सोच पनि धेरैलाई थाहा होला । तर उनको परिवार कस्तो थियो ? उनका सन्तान कस्ता थिए ? भन्नेबारेमा भने धेरैलाई जानकारी नहुन सक्छ ।

पछिल्लो समय महात्मा गान्धीका जेठा छोरा हिरालालले आफ्नै छोरीलाई यौन हिंसा गर्थे भन्ने विषयले चर्चा पाएको छ । झन् महात्मा गान्धीले आफ्नै छोरालाई पठाएको चिठ्ठी सार्वजनिक भएपछि सो विषयलाई तथ्यको रुपमा हेरिएको छ ।
छोराले नातिनी (छोराकै छोरी)लाई जर्बजस्ती यौनसम्बन्ध राख्ने गरेको थाहा पाएका गान्धीले हिरालाललाई यसबारे तीन चिठी लेखेका थिए । ती चिठ्ठीहरु आउने हप्तामा लिलामी हुनेछन् ।  लिलामको लागि ती चिठ्ठीहरुको मुल्य ६० हजार पाउण्ड (झण्डै नेपाली करोड) तोकिएको छ ।
सन् १९३५ मा महात्मा गान्धीले लेखेको सो पत्रको बेहोरा यस्तो छ –
तिमीलाई यो थाहा हुनुपर्ने हो कि मेरो लागि तिम्रो समस्या हाम्रो देशलाई स्वतन्त्र गर्नुभन्दा कठिन छ । मनु(हिरालालकी छोरी वा महात्मा गान्धीकी नातिनी)ले मलाई तिम्रो बारेमा खतरनाक कुरा बताएकी छिन् । 
उनले भनेकी छिन् कि तिमीले आठ वर्ष पहिले उनीसँग दुष्कर्म गरेका छौ । तिमीले उनलाई यस्तो पिडा दिएका छौ कि उनले उपचार गराउनु पर्यो ।’
अर्को पत्रमा यस्तो छ –
के तिमी अहिले पनि रक्सी खान्छौ ? अहिले पनि दुष्कर्ममा रहन्छौं ? यदि तिमीले अहिले पनि रक्सी खाइरहेका छौ भने त्यो भन्दा राम्रो त मर्नु ।
सञ्चारमाध्यमहरुमा भाइरल  बनेको यी चिठ्ठीहरु गुजराती भाषामा लेखिएका छन् । त्यतिबेला गान्धीका छोरा हिरालाल लण्डन बस्थे ।
लण्डनमा रहेको लिलामी घरका विशेषज्ञ रिचर्ड वेस्टवुडले भनेका छन् पत्र निकै सुरक्षित राखिएको बताए ।
एजेन्सीहरुको सहयोगमा


  •  
  •  
  •