त्रिवेणी घाटमा एक वृद्धाको शव फेला

498
  •  
  •  
  •  

त्रिवेणी घाट
त्रिवेणी घाट

ललितपुर, २८ पुस : ललितपुर लेलेस्थित टिकाभैरव त्रिवेणी घाटमा एक बृद्धाको शव फेला परेको छ । नाम, थर र ठेगाना नखुलेको अन्दाजी ७० वर्षिया बृद्धा बिहान घाटसँगै रहेको पार्टीमा मृत अवस्थामा स्थानीयले फेला पारेका हुन् ।

वृद्धा करिब तीन महिनाअघिदेखि घाटमा बस्दै आएको स्थानीयले बताएको छ । वृद्धा पछिल्लो पटक थला परेको समेत स्थानीयले बताईएको छ । वृद्धा भारतीय नागरिक हुन सक्ने आशंका स्थानीयले गरेका छन् । महानगरीय प्रहरी प्रभाग चापागाउँले बिमारी र रातको चिसोका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । शवलाई जिल्ला अस्पताल पाटनमा पोष्टमार्टमका लागि पठाईएको छ ।


  •  
  •  
  •