बाबुको काजक्रिया गर्न गएका व्यापारीको ७० लाख चोरी

108
  •  
  •  
  •  

कञ्चनपुर, २१ पुस : कञ्चनपुरका एक व्यापारीको घरबाट करिब ७० लाख बराबरको चोरी भएको छ । भींदत्त नगरपालिका-१८ जानकीटोलस्थित व्यापारी प्रमोद जाजोडियाको घरबाट ७० लाख बराबरको गरगहना र नगद चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुवाको निधनपछि ब्यापारी जाजोडिया काजकिरियाका लागि भारतको पटना गएको मौकामा चोरी भएको जनाएको छ । प्रारम्भीक अनुसन्धानबाट साढे ३ लाख भारतीय रूपैयाँ, ६३ लाख बराबरको सुन तथा हिरा जडित गरगहना चोरी भएको कञ्चनपुरका प्रहरी उपरीक्षक विश्वनिरन्जन प्रधानले जानकारी दिए । घरको मुलढोका फोडेर चोरी भएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •