दैनिक झन्डै ७० ट्याक्सी चालक कारबाहीमा

339
  •  
  •  
  •  

काठमाडौं, ६ वैशाख (ओएनएस): दैनिक झन्डै ७० ट्याक्सी चालक कारबाहीमा ट्राफिक प्रहरीकाे कारवाहीमा पर्ने गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मिटरमा हिँड्न नमान्ने ट्याक्सी चालकमाथिको कारबाहीलाई तीव्रता दिएपछि दैनिक ७० ट्याक्सी चालक कारबाहीमा पर्दै अाएका छन्।

ट्याक्सी चालक मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएकाे महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले बताए।

सर्वसाधारण लार्इ ट्याक्सी चालककाे ठग्ने प्रवृती बढ्दै गएकाेले त्यस विरुद्ध शसक्त भएर लाग्दा मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सी चालकलाई कारबाही गर्ने गरिएको महाशाखाका सहप्रवक्ता मरासिनीले बताए। ‘पहिले दैनिक १५/२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको छ,’ उनले भने, ‘मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्न सक्नुहुनेछ।’

मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले रु ३ हजारदेखि ५ हजारसम्म जरिवानासमेत गर्ने गरेको छ। सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जनाको जनशक्ति परिचालन गरिएको जानकारी दिए।

 


  •  
  •  
  •