साढे ३३ केजी सुन प्रकरणमा सात प्रहरी अधिकारीसहित २९ जनालार्इ अदालतमा उपस्थित गराइयाे

267
  •  
  •  
  •  

काठमाडौं, १९ वैशाख (ओएनएस) : साढे ३३ केजी सुन प्रकरणमा हालसम्म पक्राउ परेका ७ प्रहरी अधिकारीसहित २९ जनालार्इछानविन समितिकाे अादेशमा जिल्ला प्रहरी कार्यालय माेरङले जिल्ला अदालतमा पेश गरेकाे छ।

उक्त प्रकरणमा पक्राउ परेका २९ जनासहित अन्य फरार अभियुक्तसहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता भएकाे छ । र, उनीहरुलाई मोरङ प्रहरीले हिरासतबाट अदालत पुर्‍याइएको थियाे।

बुधबार अदालतमा बहालवाला र पूर्व गरी ६ प्रहरी अधिकारी, ३ व्यापारी, सनम शाक्य हत्यामा जोडिएका ६ प्रतिवादी र विमानस्थलमा कार्यरत १३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता हुनेछ । अन्यलार्इ फरार अभियुक्त बनाएर मुद्दा चलाइने बताइएको छ ।

यी अभियुक्त विरुद्ध मुद्दा दर्ता हुनेछ

प्रहरीले पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्कालाई संगठित अपराध सम्वन्धी मुद्दा चलाउनेछ ।

त्यसैगरी, प्रहरी नियन्त्रणमा रहेका विमानस्थलका कर्मचारी लालबहादुर मगर, अमर डंगोल, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, तुलाराम थारू, व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङविरुद्ध पनि संगठित अपराधमा मुद्दा दर्ता गरिने छ ।

त्यसैगरी, मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भन्ने मोहन घिमिरेलाई सनम हत्याका प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यान र संगठित अपराध सम्वन्धी मुद्दा दर्ता गर्ने तयारी भएको छ ।


  •  
  •  
  •