तिनै तहका सात जनाकाे टाेली अमेरिका र मेक्सिको भ्रमणमा

379
  •  
  •  
  •  

काठमाडौं, २७ चैत (अाेएनएस) : गत साता तिनै तहका ७ जनाको एक टोली अवलोकनका लागि अमेरिका र मेक्सिको भ्रमणमा गएका छन् । स्थानिय निकायका प्रमुखदेखि राष्ट्रिय सभाका सदस्य उक्त भ्रमण टाेलीमा अाबद्ध रहेका छन्। प्राकृतिक स्रोतसाधनको उपयोग तथा केन्द्र, प्रदेश र स्थानीय सरकारबीच प्राकृतिक स्रोत साधनको वैज्ञानिक बाडफाडको विधि बारे ज्ञान लिन केन्द्र, प्रदेश र स्थानीय निकायका ७ जनाको टोली अवलोकनका लागि अमेरिका र मेक्सिको भ्रमणमा गएका हुन्।

राष्ट्रिय सभाका सदस्य अनिता देवकोटा, प्रतिनिधि सभाका सदस्य पार्वत गुरुगं, घनश्याम खतिवडा, कमला रोका, प्रदेश सभा सदस्य भुमिश्वर ढकाल, मुनु सिग्देल, तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र बनेपा नगरपालिकाका प्रमुख अशोक कुमार बैंजु सहीतको ७ सदस्यीय टोली उक्त दुई स्थानमा भ्रमणका लागि गएकाे बताइएकाे छ।

अमेरिकामा प्राकृतिक स्रोत साधनको खोज तथा यसको उपयोगको सम्वन्धमा काम गरिररहेको अन्तराष्ट्रिय गैर सरकारी संस्था राइट एण्ड रिसोर्स इनिसिएटिभ(आरआरआई) को व्यवस्थापनमा नेपालमा कार्यरत ग्रिन फाउन्डेशन नेपालको पहलमा उक्त टोली अवलोकनका लागि गएकाे तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले अाेएनएसलाई बताए ।

विशेषत राज्यका सबै तहमा कसरी वन तथा अन्य प्राकृतिक स्रोत साधनको बाडफाड गर्न सकिन्छ र त्यसको उपयोग मार्फत आर्थिक समृद्दि तर्फ कसरी अघि बढ्न सकिन्छ भन्ने सन्र्दभमा  भ्रमण गरेकाे उनकाे भनाइ थियाे ।

प्रमुख पाण्डेले भने,’नेपाल अहिले स‌घीय संरचनामा गएकाे छ, तीन तहमा नै जन प्रतिनिधि आइसकेको अवस्था छ, यो समयमा निकै गम्भीर ढंगले प्राकृतिक स्रोत साधनको बाडफाडमा ध्यान दिनु जरुरी छ।’ प्रमुख पाण्डे सामुदायिक वन उपभाेक्ता महास‌ंघ नेपालका पूर्व अध्यक्ष तथा सामुदायिक वनहरुकाे अन्तराष्ट्रिय सञ्जालका संयाेजक समेत थिए।

सामुदायिक वनको उपयोग मार्फत समृद्दिको यात्रामा रहेको मेक्सिकोले अवलम्वन गरेको वन तथा वातावरण नितिबारे अनुभव सिक्दैं विभिन्न क्षेत्रको अवलोकनात्मक भ्रमणका साथैं मेक्सिकोको संसदमा समेत जाने तथा अमेरिकाको क्यालिफोर्निया सरकारले त्यहा गरेको प्राकृतिक स्रोत साधनको उपयोगका सन्दर्भमा अनुभव लिने कार्यक्रम रहेको ढकालले जनाए ।


  •  
  •  
  •