उक्त रक्तचापबाट पीडित हुनुहुन्छ, यी ७ खानेकुरा नखानुस्…

474
  •  
  •  
  •  

milkउक्त रक्तचाप अहिलेको समयमा निकै ठूलो समस्या हुने गरेको छ । अहिलेको समयमा मानिसको जीवन निकै भागदौडयुक्त र तनावग्रस्त हुने गरेको छ । दैनिक जीवनको भागदौड र तनावका कारण मानिसले आफ्नो खान-पान, रहन-सहनमा समेत त्यति ध्यान दिन सकिरहेका छैनन् । यसकारण उनीहरू उच्च रक्तचापको शिकार हुने गरेका छन् । यस रोगको लक्षण एकै पटक देखिँदैन, बिस्तारै थाहा हुन्छ । यसका प्रमुख लक्षणहरूमा थकाई लाग्ने, रिंगटा लाग्ने र शरिरको दुखाई हो ।

यदी खानपानमा ध्यान दिने हो भने उच्च रक्तचापबाट केही हदसम्म छुटकारा पाउन सकिन्छ । दैनिक खानपानमा ध्यान दिन सके उच्च रक्तचापको समस्याबाट पीडितहरुले समेत राहत पाउँछन् ।
उच्च रक्तचापबाट बच्नका लागि कस्ता खाना खानुहुन्न थाहा पाउनुस्…

१. दुधः दुग्ध पदार्थ क्याल्सियमको राम्रो स्रोत हो, तर यसमा आवश्यकता भन्दा बढी चिल्लो पदार्थ हुने गर्छ । एक कप दुधमा ८ ग्राम चिल्लो पदार्थ हुन्छ । यसमा ५ ग्राम स्याचुरेटेड फ्याट हुन्छ, जसले उच्च रक्तचाप भएकाहरूलाई असर गर्छ ।

२. अचारः अचारमा निकै कम मात्रामा क्यालोरी हुन्छ, तर यसमा सोडियम निकै धेरै हुने गर्छ । सोडियम उच्च रक्तचापबाट पीडित मानिसका लागि खतरानाक हुन सक्छ ।

३. फास्ट फुडः उच्च स्तरको फास्ट फुडमा फ्याट नभएपनि उच्च रक्तचापका लागि ठिक हुँदैन । फास्ट फुडमा फ्याट र सोडियम दुवै हुन्छ । एक मिडियम फ्रेन्च फ्राईमा १९ ग्राम फ्याट र २७० मिलिग्राम सोडियम हुन्छ ।

४. नुनः उच्च रक्तचाप भएका मानिसले सकेसम्म नुनको मात्रा कम गर्नु राम्रो हुन्छ । मानिसलाई दिनभरीमा आधा चम्चा नुन नै पर्याप्त हुन्छ । सकेसम्म टेबल साल्टको प्रयोग नगर्नु नै राम्रो हुन्छ । नुनको मात्रा सही राख्नका लागि हप्तामा एक दिन बिना नुनको खाना खाने गर्नुपर्छ ।

५. चिनीः आवश्यकता भन्दा बढी चीनीले मानिसको तौल बढाउँछ । बढेको तौलले मुटुलाई बढी नै प्रभाव पार्छ । चीनीका कारण कलेजोलाई धेरै युरिक एसिड बनाउनुपर्ने हुँदा रक्तचाप पनि बढ्ने हुन्छ ।

६. अल्कोहलः अल्कोहलको सेवनले उच्च रक्तचापको समस्या झन् बढ्छ । जसलाई पहिलेदेखी नै उच्च रक्तचापको समस्या छ, उनका लागि अल्कोहल फाइदायुक्त हुँदैन । अल्कोहल पिउनाले उच्च रक्तचापबाट पीडित मानिसमा बिमारीको खतरा बढ्ने हुन्छ ।

७. रातो मासुः फ्याटयुक्त मुटु र रक्त नली दुवैका लागि राम्रो हुँदैन । यसकारण धेरै फ्याट भएको खाना सकेसम्म नखानु स्वास्थ्यका लागि फाइदायुक्त हुन्छ । सकेसम्म रातो मासुको प्रयोग नगर्नु पनि राम्रो मानिन्छ । साथै हाइड्रोजेनेटिड तेलमा बनेका खाना पनि सकेसम्म नखानु राम्रो हुन्छ ।


  •  
  •  
  •  

Comments are closed.