१९ सय लिटर पेट्रोलसहित ७ पक्राउ

173
  •  
  •  
  •  

काठमाडौँ, ११ कात्तिक(ओएनएस) : पेट्रोलको कालोबजारी गरिरहेको आरोपमा ७ जनालाई १९ सय लिटर पेट्रोल सहित पक्राउ गरिएको छ ।

अपराध महाशाखा टेकुबाट खटिएको टोलीले कलंकीबाट ७ जनालाई बा १ ज ६९६८ नम्बरको ट्याक्सीसहित पक्राउ गरिएको हो । अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार कपिल बुढाथोकीको घरबाट उक्त परिमाणको पेट्रोल बरामद गरिएको छ ।

खनालका अनुसार बुढाथोकीको घरको टहराबाट ३ वटा ड्रम र जर्किनहरु लुकाइ कालोबजारी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । बजारमा इन्धन अभाव भएको बेला, लुकाइछिपाई कालोबजारी भइरहेको गुनासो धेरै आएकोले हामीले त्यसलाई नियन्त्रण गर्न टोली परिचालन गरेको उनले बताएका छन् । उनले यसलाई ठूलो सफलता भएको भन्दै यसलाई निरन्तरता दिने बताए ।


  •  
  •  
  •