६७ वर्षीय मन्त्रीले गरे ३८ वर्षीय कान्छी युवतीसँग विवाह

332
  •  
  •  
  •  

काठमाडौ, १७ कात्तिक(एजेन्सी) : बंगलादेशका ६७ वर्षीय रेल मन्त्री मुजिबुल हकले आफूभन्दा ३८ वर्ष कान्छी युवतीसँग विवाह गरेका छन् । मुजिबुलले कोमिलाको चान्दिना उप-जिल्लामा आयोजित भव्य समारोहमा २९ वर्षीया होनुफा अख्तर रिक्तासँग विवाह गरेका हुन् । बंगलादेशसहित विदेशी सञ्चारमाध्यमले समेत रेल मन्त्रीको विवाहको चर्चा गरेको बताइएको छ ।

होनुफाका भाई अलाउद्दीन मुन्सीका अनुसार नवविवाहित जोडी हनिमुनका लागि दुबई जाने तयारी गरिरहेका छन् ।

बांग्ला डेलिको प्रतिवेदन अनुसार मोहम्मद मोजिबुल हकले बितेको शुक्रबार दिउँसो ३ बजे विवाहको कागजपत्रमा हस्ताक्षर गरेका थिए । मोजिबुल विवाहका लागि दिउँसो मिरखोला स्थित आफ्नो ससुरालीमा जन्तिसहित पुगेका थिए । त्यहाँ आयोजित समारोहमा ७ सय भन्दा बढी मानिस उपस्थित थिए ।

ढाका-चिट्टागोंग राजमार्गका विभिन्न स्थानमा दुलाहालाई स्वागत गरिएको थियो । दुलाहाको स्वागतका लागि राजमार्गमा सयौको संख्यामा मानिसहरुको उपस्थिति थियो । विवाह समारोहमा मोजिबुलले आफ्नी सालीलाई १ लाख टका(बंगलादेशको मुद्रा) दिएका थिए । 

mazibul-hoque mazibul-hoque1 mazibul-hoque2


  •  
  •  
  •