जोगवनीबाट ६३ ट्याङकर इन्धन भित्रियो

175
  •  
  •  
  •  

विराटनगर, १३ कात्तिक(ओएनएस) : जोगवनी हुँदै विराटनगर भन्सार नाकाबाट शुक्रबार ठूलो परिमाणमा पेट्रोलियम पदार्थ भित्रिएको छ । भन्सार कार्यालय विराटनगरका अनुसार शुक्रबार बिहान ८ वटा पेट्रोल, ५५ डिजेलका ट्याङ्करहरु विराटनगर भित्रिएका छन् ।

बिहीबार बिहान ४ वटा ग्यासको बुलेट पनि भित्रिएका थिए भने बिहीबार बेलुका ६ वटा पेट्रोल र ८ वटा डिजेलका ट्याङ्कर भित्रिएका थिए ।

नेपाल प्रवेश गरेका टयाङकरलाई मोरङ प्रहरीले स्कटीङगरी शुक्रबार बिहान आयल निगम क्षेत्रीय कार्यालय विराटनगर पुर्‍याएका थिए ।


  •  
  •  
  •