झन्डै ५ सय युवालार्इ कुवेत पठाउने भन्दै ठग्ने ‘ठग’ लार्इ वैदेशिक राेजगार विभागले छाेड्न प्रहरीलार्इ लेख्याे पत्र

701
  •  
  •  
  •  

काठमाडौं, १२ चैत (अाेएनएस): झन्डै ६ सय युवालार्इ कुवेत पठाउने भन्दै ठग्ने ‘ठग’ लार्इ वैदेशिक राेजगार विभागले छाेड्न प्रहरीलार्इ लिखित पत्र पठाएकाे छ।

कुवेतमा राम्राे काममा लगाइ दिन्छु भन्दै उनीहरुबाट लगभग दुई करोड ठगी गरेको आरोपमा पक्राउ परेका प्रेम सिंह भनिने रामेश्वर सिंहलार्इ विभागले साधारण तारेखमा रिहा गर्न महानगरीय प्रहरी वृत्त नयाँ बनेश्वरमा लिखित पत्र पठाएका हुन्।

पक्राउ परेकाे तेश्राे दिनमा नै सिंह रिहा भएका हुन्। वैदेशिक राेजगार विभागकाे मिलाेमताेमा नै सिंह रिहा भएकाे पीडितहरुले बताएका छन्।

आफूलाई ‘बजाज ओभरसिज’को सञ्चालक बताउने सिंहलाई बिहीबार नै रिहा गरिएको खुलासा भएको छ । उनलाई ठगीमा परेका युवाहरूले समातेर सोमाबार प्रहरीको जिम्मा लगाएका थिए ।अनुसन्धानका क्रममा सिंह बजाज ओभर्सिजको सञ्चालक नरहेको तर,केही दिन काम भने गरेको खुलेको छ ।

काठमाडौं जयबागेश्वरीमा रहेको बजाज ओभरसिजका प्रेम सिँह नामका व्यक्तिले कुवेतका दुई कम्पनी ग्लोबल एक्सन र गल्फ कोस्टमा काम लगाईदिने भन्दै कम्तिमा पनि ६ सय जनासँग १५ हजारदेखि २ लाखसम्म रकम उठाएका थिए । करीब दुई वर्षअघि नै वैदेशिक रोजगार विभागले उक्त म्यानपावरको सम्बन्धन खारेज गरिसकेको छ ।

वैदेशिक राेजगार अनुसन्धान अधिकृत निर्मलकुमार पुनका अनुसार दुईजना पीडितले जाहेरी दिएका थिए, उनीहरू दुवै जनाले जाहेरी फिर्ता लिएका कारण हामीले सि‌हलाई साधारण तारेखमा रिहा गरेका हौँ,अन्यको जाहेरी पर्‍यो भने पुनः पक्राउ गरेर अनुसन्धान थाल्नेछौँ,’

जहेरी फिर्ता लिएर गल्ती गरे :जाहेरी कर्ता

पीडितले जाहेरी फिर्ता लिएर गल्ती गरेकाे बताएका छन्। खाेटाङ एेसेलुर्खक गाउँ पालिलकाका ५ बस्ने पीडित कृष्ण बहादुर वनले भने,’वैदेशिक राेजगार विभागकाे गेट बाहिर म लगायत अन्य साथीहरु थिए र उनीहरुले मलार्इ जाहेरी फिर्ता लिएपछि तिमीपनि पैसा पाउँछाै र हामीहरुलार्इ पनि पैसा फिर्ता दिन्छ भनेपछि पछि मैले जाहेरी फिर्ता लिएकाे थिए।’

उनले थप्दै भने,’जाहेरी फिर्ता लिए लगत्तै मलार्इ २० हजार रुपैया दिएकाे थियाे र भाेलीपल्ट फेरी १० हजार रुपयाँ दिर्इ अरु पैसा र पासपाेर्टलिन जानु पर्नेहुन्छ भनि हिडेका सिंह पुन:सम्पर्क विहीन भए’

 


  •  
  •  
  •