आफ्नै ६ वर्षकी छोरीको बलात्कार गरेको आरोपमा पक्राउ

118
  •  
  •  
  •  

ताप्लेजुङ, १८ साउन(ओएनएस) : आफ्नो छोरीको बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । ताप्लेजुङ नगरपालिका-३ बस्ने ३७ वर्षीय एक दमाई थरका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार आफ्नै ६ वर्षीया छोरीको बलात्कार गरेको खबर पाएपछि अस्थायी प्रहरी पोष्ट भानुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •