भिठामोड नाकाबाट भित्रियो एभरेष्ट चिनी मिलको ६ ट्रक सामान

271
  •  
  •  
  •  

महोत्तरी, २६ पुस(ओएनएस) : महोत्तरीमा आन्दोलनरत संघीय लोकतान्त्रिक मधेशी मोर्चा तथा संघीय समावेशी मधेशी गठबन्धनले जिल्लाकै रामनगरस्थित एभरेष्ट चिनी मिलको छ ट्रक सामान भारतबाट भित्र्याउन सहयोग गरेको छ ।

आन्दोलनरत पक्षले डेढ महिनापछि ती मेसिनरी तथा कच्चापदार्थ सामान मिलमा पठाउन सहयोग गरेको हो । भारतीय क्षेत्रबाट जलेश्वर भन्सार कार्यालयमा ट्रक भित्र्याउने बेलामा नाका ठप्प गर्न बनाइएको टेन्टभित्र आन्दोलनरत पक्षका कुनै नेता तथा कार्यकर्ताको उपस्थिती थिएन । जलेश्वरबाट रामनगरस्थित चिनी मिलसम्म सशस्त्र प्रहरीले ट्रकहरुको सुरक्षा दिएको थियो ।

चिनी मिलमा ज१ख २५८, ज१ख २६७, ज१ख २९८ र ज१ख ३०० नम्बरको नेपाली तथा बिआर०६६ए ६५७९ र बिआर३७एफ ३६०१ नम्बरको भारतीय ट्रक रहेको थियो । ट्रकमा रहेको सामानबारे भन्सार कार्यालय तथा आन्दोलनरतपक्षले केही बताउन चाहेको छैन ।

भिठामोड नाकाबाट थोरै सामान ल्याउन पनि आन्दोलनरत पक्षले अवरोध गर्ने, खोस्नेसहितको क्रियाकलाप गरेपनि चिनी मिलसम्म ट्रक पुर्याउन सहयोग गरेकोमा सर्वसाधारणले आशंका ब्यक्त गरेका छन् । झण्डै तीन महिना अगाडि पनि आन्दोलनरत पक्षले एभरेष्ट पेपर मिल महेन्द्रनगर तथा जनकपुरका केही व्यापारीको ३५ वटा ट्रक नेपाल भित्र्याउन सहयोग गरेको थियो ।​


  •  
  •  
  •