नयाँ वर्षको पार्टीबाट फर्कँदै गरेका ६ युवतीको मृत्यु

383
  •  
  •  
  •  

accidentकाठमाडौ, १७ पुस(एजेन्सी) : भारतको केरलामा नयाँ वर्षको पार्टीबाट फर्कँदै गरेका ६ युवतीको मृत्यु भएको छ । केरलाको कोल्लम जिल्लामा भएको सडक दुर्घटनामा ती ६ जनाले ज्यान गुमाएका हुन् । उनीहरू सबै इन्जिनियरिंगका छात्राहरू भएको बताइएको छ ।

बिहिबार तिव्र गतिमा रहेको कार ट्रकसँग ठोक्किएपछि ती ६ जनाको ज्यान गएको हो । टीकेएम कोल्लम इन्जिनियरिंग कलेजमा तेस्रो वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरू नयाँ वर्ष रमाइलोपछि वर्कालाबाट फर्कँदै थिए ।

ट्रकका ड्राइभरले भने, ‘कार तिव्र गतिमा आइरहेको थियो र ट्रकसँग ठोक्कियो । कारबाट शव निकाल्न निकै गाह्रो भएको थियो । सबैको घटनास्थलमा नै मृत्यु भएको हो ।’


  •  
  •  
  •