काठमाडौँ, २६ चैत(ओएनएस) : एक करोड नक्कली भारतीय रूपैयाँसहित ६ जनालाई प्रहरीले पक्राउ परेका छन् ।
पाकिस्तानबाट काठमाडौँ हुँदै भारत लैजान लागेको एक करोड भारूसहित ती पक्राउ परेका हुन् । पक्राउ पर्नेमा एक पाकिस्तानी र ५ जना नेपाली छन् ।
५ सय दरका २० हजार थान नक्कली भारु बरामद गरिएको छ । पक्राउ पर्नेमा पाकिस्तानका मोहम्मद नदिम छन् भने नेपालका महादेव तिमल्सिनासहित ५ जना छन् ।
प्रहरीका अनुसार मोहम्मद नदिमको साथबाट ५० लाख र महादेवको साथबाट ५० लाख भारु बरामद भएको छ ।