दुबईमा बन्यो ५ किलोमिटर लामो सुनको चेन

281
  •  
  •  
  •  

5-km-long-gold-chainकाठमाडौ, २२ पुस(एजेन्सी) :  विश्वको सबैभन्दा लामो सुनको चेन दुबईमा प्रदर्शन गरिएको छ । यो चेन साँढे पाँच किलोमिटर लामो र २ सय ५६ किलो तौलको रहेको छ ।

उक्त चेन बनाउनमा २२ क्यारेट सुनको प्रयोग भएको छ । प्रदर्शनपछि यो चेनको केही भाग काटिने बताइएको छ र उक्त काटिएको सुनको टुक्राहरू बुकिंग गरेका मानिसलाई बेचिने छ ।

सुनको यो चेनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा हातले बनेको विश्वको सबैभन्दा लामो चेनको रूपमा ठाऊँ दिएको छ । यसलाई दुबई गोल्ड एण्ड ज्वेलरी ग्रुप एसोसियसनले पाँच ठूला गहना पसलेको मद्दतले बनाइएको हो । दुबई सपिंग फेस्टिवलका लागि यसलाई तयार गरिएको हो । यो चेन तीन दिनसम्म प्रदर्शन गरिनेछ ।

यो चेन बनाउनका लागि १ सय कालिगढले ४५ दिनसम्म काम गरेका थिए ।

यो पनि पढ्नुस्..
दुबईमा बन्दैछ ५ किलोमिटर लामो सुनको चेन


  •  
  •  
  •