५८ वर्षीय कुमार केटाले गरे किशोरीको बलात्कार

204
  •  
  •  
  •  

No Rapeकाठमाडौ, २८ जेठ(एजेन्सी) : ५८ वर्षीय कुमार केटाले विद्यालयबाट घर फर्कँदै गरेकी एक किशोरीको बलात्कार गरेका छन् । क्रिस्टोफर बहेनले स्कुलबाट घर फर्किरहँदा १७ वर्षिया किशोरीको चक्कु देखाएर गत सेप्टेम्बर मा बलात्कार गरेका हुन् ।

बहेनले आफ्नो घरको बाटो हुँदै विद्यालय जाने र आउने किशोरीहरूको तस्विर तथा भिडियो खिच्ने गर्थे । उनले प्राय ती कोशोरीहरुको खुट्टा र स्कर्टलाई जुम गरेर भिडियो खिच्ने गरेको प्रहरीले अनुसन्धानमा पत्ता लगाएको थियो ।

बहेन एक फ्याक्ट्रीका सरसफाई गर्ने कामदार थिए र उनले एक सातामा १६ लिटर रक्सी पिउन गर्थे भने विद्यालयका किशोरीहरूको अश्लिल चलचित्रहरू सधैजसो हेर्ने गर्थे ।

सेप्टेम्बर मा बेहनले ती किशोरी विद्यालयबाट घर फर्किरहेको बेलाम पिछा गरे र केही सुनसान ठाऊँमा पुगेपछि उनले ती किशोरीलाई लडाएर चक्कु देखाउँदै बलात्कार गरेका थिए । बलात्कारका क्रममा उनले ती किशोरीलाई अश्लिल गाली समेत गरेका थिए ।

उनले बलात्कार गरेको केही मानिसहरूले प्रत्यक्ष देखेका थिए तर चक्कु देखाएर किशोरीको हत्या गरिदिने भन्दै तर्साएपछि कसैले पनि किशोरीलाई बेहनबाट जोगाउन सकेन ।

पछि प्रहरीले उनलाई पक्राउ गर्यो साथै ती किशोरीलाई उनकै घरबाट उद्धार समेत गरेको थियो । पक्राउ परेपछि सुरूमा बेहनले आफूमाथिको आरोप अस्वीकार गरेका थिए तर, पछि उनले उक्त आरोप स्वीकार गरे । उनले भने, ‘मैले धेरै पिएको थिए । म मैले गरेको कुकृत्य प्रति लज्जित छु । मैले जे गरे त्यो निकै नराम्रो काम हो । मैले गरेको उक्त कार्य गैरकानुनी हो । मलाई जेल सजाय हुनुपर्छ ।’

यता पीडित किशोरीले आफूलाई आफू मृत्यु नजिक पुगेको भान भइरहेको बताएकी छिन् । उनले भनिन्, ‘ममाथि जे भयो त्यसमा मलाई अहिले पनि विश्वास लागिरहेको छैन् । म एकदमै डराएको छु । म आफ्नै जीवनसँग डराइरहेको छु । मलाई लाग्छ म मृत्युको नजिक पुगेको छु ।’

बेहनले अहिलेसम्म कसैसँग सेक्स नगरेको साथै कसैसँग आत्मिय सम्बन्ध पनि स्थापित नगरेको अनुसन्धानका क्रममा पत्ता लागेको छ । यस्तै, सन् २००५ मा आमाको मृत्युअघि सम्म उनी बाबुआमासँगै बस्ने गर्थे ।


  •  
  •  
  •