आसाममा आतंकवादी हमला, ५५ को हत्या

176
  •  
  •  
  •  

injured-people-in-aasamकाठमाडौ, ९ पुस(एजेन्सी) : आसामको पाँच फरक-फरक ठाऊँमा बोडोका उग्रवादीहरुले मंगलबार गरेको आक्रमणमा पनि कम्तिमा ५५ जना आदिवासीखो ज्यान गएको छ । बोडो उग्रवादीहरूले आदीवासीहरूमाथी एके-४७ प्रयोग गरी गरिएको गोली प्रहारबाट ५५ जनाको ज्यान गएको हो । उक्त संख्या बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ । मारिनेमा महिला तथा बालबालिकाहरू पनि रहेका छन् ।

घटनापछि आसाममा रेड अलर्ट घोषित गरिएको छ । कानुन-व्यवस्था कायम राख्नका लागि मंगलबार रातीसम्म सेनालाई खटाइएको थियो । उक्त हमला क्रिसमसको केही दिनअघि मात्र भएको छ । बोडो उग्रवादी र आदीवासीहरू धेरै इसाई धर्मालम्बीहरू रहेका छन् ।

प्रहरीका अनुसार नेशनल डेमोक्रेटिक फ्रन्ट अफ बोडोल्याण्ड-सान्गविजितका उग्रवादीहरूले मंगलबार बेलुका ५ बजे उत्तरी आसामको सोनितपुर जिल्लाको मैतुलबस्तीमा उक्त नरसंहार मच्चाएका हुन् । यो क्षेत्र अरूणाचल प्रदेश र भुटानसँग जोडिएको छ । यस क्षेत्रबाट २३ वटा शव बरामद गरिएको छ । सोनितपुर जिल्लामा केही गाऊँलाई पनि निशाना बनाइएको थियो । यस घटनाको केही समयपछि पश्चिम बंगालसँग जोडिएको कोकराझाड जिल्लाका पाखरीगुडी गाँऊमा तीन मानिसको गोली हानी हत्या गरेको छ ।


  •  
  •  
  •