दुई शिक्षकद्वारा ५५ छात्राको यौन शोषण

223
  •  
  •  
  •  

No Rapeकाठमाडौ, २० चैत(एजेन्सी) : भारतको महाराष्ट्रेको अकोला जिल्लामा अवस्थित नवोदय विद्यालयमा पढाउने दुई शिक्षकले ५५ छात्राहरूको यौन शोषण गरेको खुलासा भएको छ । ती दुई शिक्षकमाथि छात्राहरूले अन्य केही आरोपहरु समेत लगाएका छन् ।

उनीहरूका अनुसार ती दुई शिक्षकहरूले इशारा गर्ने, आपत्तिजनक कुराहरू भन्ने, जिस्क्याउने, गुप्ताङ्गका कुरा गर्ने, मैनबत्ति देखाएर कण्डमको प्रयोगबारे बताउने गरेका थिए । यसले आफूहरूलाई निकै असहज हुने र तनाबमा पार्ने गरेको छात्राहरूले बताएका छन् ।

केही छात्राहरूका अनुसार विद्यालयमा यस्तो कार्य करिब ४ वर्षदेखी चलिरहेको थियो । अकोलाको सिभिल लाइन्स प्रहरी चौकीमा यस घटनामा आरोपमा विद्यालयका दुई शिक्षकहरू ४२ वर्षीय राजन गजभिए र ४९ वर्षीय शैलेस रामटेकेविरूद्ध उजुरी दायर गरिएको छ ।

प्रहरीका अनुसार दुवै आरोपी फरार रहेका छन् । महाराष्ट्र राज्य महिला आयोगकी सदस्य डा. आशा मिर्गेले दबाब दिएपछि प्रहरीले कारबाही प्रक्रिया सुरू गरेको थियो । डा. मिर्गेले अकोलाका कलेक्टर अरूण सिन्धे र एसपी चन्द्रकिशोर मीणालाई यसबारे जानकारी दिएकी थिइन् ।

मिर्गेका अनुसार उनले गत २७ मार्चमा विद्यालयमा दुई छात्रामाथि यौन शोषण भएको जानकारी पाएकी थिइन् । यसपछि जवाहर नवोदय विद्यालयका प्रध्यानाध्यापक आर सिंहलाई भेटेकी थिइन् ।

मिर्गेले २५ मार्चमा दुईमध्ये एक शिक्षक एक छात्राको घरमा गएका थिए । यसपछि उजुरी फिर्ता लिइएको थियो । दुवै छात्राको उमेर १७ वर्ष रहेको र कक्षा १२ मा पढिरहेको बताइएको छ । उनीहरू परिक्षापछि घर गएका थिए ।

यसपछि मिर्गेले विद्यालयका छात्राहरूसँग कुराकानी गर्ने निर्णय गरिन् । ५५ छात्राले मिर्गेलाई शिक्षकले गर्ने गरेको व्यवहारबारे जानकारी दिएका थिए । तर, मिर्गेका अनुसार कुनै पनि छात्राले उनलाई लिखीत उजुरी भने गरेका थिएनन् ।


  •  
  •  
  •