एकाउन्न हजार विरुवा निर्यात

236
  •  
  •  
  •  

दैलेख, २१ साउन (ओएनएस) : जिल्ला कृर्षि किकास कार्यालय दैलेखले आर्थिक वर्ष २०७०/०७१ मा विभिन्न जातका ५१ हजार ८ सय ९० विरुवा जिल्ला बाहिर पठाएको छ । जिल्ला बाहिर विरुवालाई गैर सरकारी संघ संस्था मार्फत सुर्खेत, प्युठान, बाजुरा, डोल्पा र मुगु लगाएतका जिल्लामा पठाएको कार्यालयम प्रमुख सुर्यनाथ योगीले जानकारी दिएका छन् । यी मध्ये सवैभन्दा बढी सुन्तलाका विरुवा रहेका छन ।

विभिन्न स्थानमा गरी १४ वटा नर्शरी निर्माण गरी सुन्तलाका विरुवा उत्पादन गर्ने गरीएको छ । ओखर ५० हेक्टर क्षेत्रफलका लागि, स्याउ १.५ हेक्टर क्षेत्रफलको लागि, आरु ४ सय ५० क्षेत्रफलको लागि, ५ हेक्टर क्षेत्रफलका लागि १ हजार ५ सय बोट हलुवावेद र १ हेक्टरको लागि ३ सय बोट वितरण गरीएको छ । बाहिरमात्र नभएर यो वर्षमा जिल्ला भित्र ५९ हजार विरुवा वितरण गरीएको जानकारी योगीले दिए ।


  •  
  •  
  •