आगलागी हुँदा पचास लाखको क्षति

700
  •  
  •  
  •  

काठमाडौं, ९ चैत (अाेएनएस) : ताप्लेजुङकाे फुङ्लिङ नगरपालिका–२ स्थित होटल इको भ्यु प्वाइन्ट हाेटलमा आज बिहान भएको आगलागीबाट रु ५० लाख मूल्य बराबरको क्षति भएको छ ।

भोजनालयमा बिहान विद्युत चुहेर आगो सल्किएको होटल सञ्चालकले बताएका छन् । आगलागीका कारण भवनको छतमा रहेको भोजनालय पूर्णरुपमा जलेर नष्ट भएको अनुमान रहेको प्रहरीले जनाएको छ ।

भोजनालयमा रहेका खाद्यान्न र पेय पदार्थ, भान्छाका सामग्री फर्निचरलगायत वस्तु जलेर नष्ट भएका थिए । पक्की भवनको तल्लो तलामा बास र भने छतमा भोजनालय सञ्चालन हुँदै आएको थियो ।

आगलागी झण्डै एक घण्टामा स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले नियन्त्रणमा ल्याएका थिए ।


  •  
  •  
  •