लिबियाको किनारमा रहेको एक डुङ्गाबाट निकालियो ५० शव

499
  •  
  •  
  •  

ferry near libyan coastकाठमाडौ, १० भदौ(एजेन्सी) : लीबियाको उत्तरी किनार नजिकैबाट सुरक्षित रूपमा निकालिएको एक डुङ्गाबाट ५० जनाको शव बरामद गरिएको छ । यी शवहरू बरामद भएपछि यो वर्षमात्र समुन्द्रमा मारिने प्रवासीहरूको संख्या बढेर २४ सय पुगेको छ ।

उनीहरू भूमध्य सागर पार गरेर युरोप गइरहेका थिए । इटालीको तटरक्षक बलले भनेको छ की युरोपेली संघको ट्राइटन भूमध्य अभियानमा भाग लिइरहेका स्वीडिश जहाज ‘पोसिडेन’ले जहाजबाट बुधबार ४ सय ३९ मानिसलाई सुरक्षित रूपमा बाहिर निकालेको थियो ।

तटरक्षक अभियान केन्द्र नजिकैबाट बुधबार मद्दत माग्दै १० वटा आग्रह आएको थियो, जसमध्येको एक आग्रहमा काम गर्दा ती मानिसहरूलाई बचाइएको थियो । लीबियाका तस्कर शान्त समुन्द्रको फाइदा उठाएर प्रवासीहरूले भरिएको डुङ्गा युरोप पठाउने गर्थे ।

युरोप पुगेर शरण पाउने आशामा हजारौ प्रवासी यो वर्ष भूमध्यसागर पार गर्ने प्रयासमा छन् ।


  •  
  •  
  •