यस्ता ‘अस्वस्थ’ खानेकुरा जुन वास्तवमा स्वस्थ हुन्छन्

423
  •  
  •  
  •  

diet-planकेही खानाहरू यस्ता छन्, जुन खानाहरू मोटोपन घटाउनका लगि सकेसम्म प्रयोग नगर्नुस् भनेर चिकित्सकहरुले भन्ने गर्छन् । तर, तीनै खानाहरू हामीलाई अन्य पौष्टिक तत्वका लागि आवश्यक पर्ने पनि हुन्छन् । यसकारण यी खानाहरूलाई अस्वस्थ खाना मानिँदा मानिदै पनि दैनिक जीवनमा प्रयोग गर्नुपर्ने हुन्छ ।

ती खानाहरू खाने तर, मात्रा मिलाएर मात्र खाने गर्नुपर्ने चिकित्सक तथा खाद्य विदहरू जनाउँछन् । केही यस्ता खानाहरू जुन अस्वस्थ हुँदाहुँदै पनि हामीले दैनिक जीवनमा प्रयोग गर्नुपर्ने हुन्छ, ती हुन्:

  • बटरः बटर धेरै खानुहुदैन भन्ने हामी सबैलाई थाहा छ तर हामीले नियमित खाने खानामा यसको मात्रा पनि हुन आवश्यक छ । तर, आवश्यक छ भन्दैमा धेरै खाने भन्ने भने होइन, यसलाई आवश्यक मात्रामा मात्र प्रयोग गर्न सकिन्छ । यसमा पाइने केही स्याचुरेटेड फ्याटहरू हाम्रो शरिरलाई आवश्यक पर्छ ।
  • चीजः बटर जस्तै चीझमा पनि केही फ्याटहरू र धेरै क्यालोरी हुने गर्छ । तर, चीजमा क्याल्सियम, भिटामिन ए, ब१२, राइबोफ्लेभिन, जिन्क र फस्फोरसहरू पनि पाइन्छ । यसतै, यसमा कन्जुगेटेड लिनोलेइक एसिड नामक फ्याट पनि हुने गर्छ । उक्त फ्याटले क्यान्सरबाट जोगाउन हालै गरिएको अनुसन्धानबाट पत्ता लागेको बताइएको छ ।
  • चकलेट र दुधः गिलास चकलेट र दुधमा हाडलाई मजबुत बनाउने क्याल्सियम र सोडियम हुन्छ ।
  • कफीः कफीले हाम्रो कुनै कुरामा केन्द्रित हुने क्षमता र स्टामिनालाई सुधार्ने काम गर्छ । साथै यसले मधुमेह र अलजाइमर जस्ता रोग लाग्नबाट जोगाउन मद्धत गर्छ । दैनिक रूपमा ३-४ कपभन्दा बढी कफी खानु फाइदाजनक हुँदैन ।
  • केराः केरालाई पनि कतिपयले मोटोपन बढाउने खानेकुराका रूपमा लिने गर्छन् । केरामा हुने पोटासियम, भिटामिन सी, र फाइबरले मानिसको शरिरलाई फाइदा नै पुर्याउँछ । तर, केही मानिसका लागि केराले हानी समेत पुर्याउँछ ।

त्यसैले यी पाँच खानेकुरा खाँदा विषेश ध्यान दिनु पर्छ । आवश्यक मात्रा भन्दा बढी खाने गर्दा यसले शरिरमा हानी गर्छ ।


  •  
  •  
  •