यस्ता ५ झगडा जसले सुधार्छ पति-पत्नीको सम्बन्ध

803
  •  
  •  
  •  

husband-wife-pillow-fightविवाह अगाडि मिठो-मिठो कुरा गर्ने, एकअर्काबाट टाढिन नचाहने जोडी विवाहपछि परिवर्तन हुन्छन् । स-साना कुराले नै जोडीबीच झगडाको बीऊ रोपिन्छ र सानो झगडाले ठूलो रूप लिने गर्छ । यसले सम्बन्धलाई अप्ठ्यारो स्थितिमा पुर्याउँछ । सम्बन्धमा तनाव र चिन्ताको अवस्थाले सधै छोपिरहन्छ ।

विज्ञहरूका अनुसार जोडीबीच हुने स-साना झगडाले दुईबीचको प्रेमलाई गाढा बनाउँछ । तर, झगडा गर्दा पनि आफ्नो विवाहलाई कुनै असर नपर्ने गरी झगडा गर्नु फाइदाजनक हुन्छ । केही यस्ता सामान्य झगडा हुन्छन् जसलाई सुल्झाउने प्रयास गर्दा पति पत्नीबीचको सम्बन्ध थप प्रगाढ हुन जान्छ । यस्तै, केही झगडाहरू छन्, तीनका बारेमा जानौः

–    खाटमा चिसो तौलिया, टेबलमा जुठो भाँडा जस्ता हरेक बिहान दोहोरिने स-साना कुराहरू पत्नीलाई रिस उठाउनका लागि काफी हुन्छ । पहिलेदेखि कामको बोझ र अफिस जान ढिलो हुने कारण पत्नीको रिस निकै बढ्छ । यसैबाट सुरू हुन्छ घरमा झगडा र बिहानदेखी नै दुवैको मुड खराब हुन्छ । यस्ता झगडा हुनु सामान्य कुरा हो, तर यस्तो झगडा लामो समय नचलोस् भन्नेमा ध्यान दिनु जरूरी हुन्छ ।

यसका लागि सबैभन्दा पहिले पतिले आफैले विचार गर्नुपर्छ । पतिको ध्यान नपुग्दा पत्नीले प्रेमपूर्वक सम्झाउने गर्नुपर्छ । यदी त्यसपछि पनि झगडा भइरहे भने झगडालाई सामान्य ठानेर दुवैले एकैछिनमा बिर्सने गर्नुपर्छ ।

–    कसैलाई न्युजमा रूची हुन्छ, कसैलाई खेलमा त कसैलाई कुनै अन्य कार्यक्रममा । यसकारण पनि पतिपत्नीबीच झगडा हुने गर्छ । यदी पतिले एउटा कार्यक्रम हेरिरहेको बेलामा पत्नीलाई अर्को कार्यक्रम हेर्नुछ भने यस्तो अवस्थामा खटपट हुनु सामान्य हो । यस्तो अवस्थामा रिमोट कसको हातमा हुने भन्नेमा पनि झगडा हुन सक्छ । यस्तो अवस्थामा दुवैको मनमा के प्रश्न उठ्न सक्छ भने आखिर को ज्यादा जरूरी हो म या टिभी ?

यसको समाधानका लागि दुवै बसेर कुन बेला कसले कुन कार्यक्रम हेर्ने भनेर पहिले नै तय गर्नु राम्रो हुन्छ । यो जीवनको निकै सानो कुरा हो, यसका लागि धेरै झगडा गर्नु राम्रो होइन । टिभी दुवैका लागि आवश्यक हुन्छ त्यसैले आपसी समझदारीमा यस समस्यालाई सुल्झाउनु पर्छ ।

–    बिदाको समयमा कहाँ जाने  भन्ने विषयमा झगडा हुनु पनि सामान्य नै हो तर यसले पनि निकै ठूलो समस्या सिर्जना गर्न सक्छ । प्राय एकै जनाको इच्छामा घुम्न जाने गर्दा अर्कोको मनमा सधै उसको इच्छा मात्र पुर्याउनुपर्ने भन् सोच आउन सक्छ । यसले थप उग्र रूप लिँदा सम्बन्धमा नै समस्या आउन सक्छ ।

यसका लागि दुवैले आपसी समझदारीमा एक-अर्काको इच्छालाई बुझेर बिदामा घूम्न जानु राम्रो हुन्छ । कहिले पतिको इच्छा अनुसार त कहिले पत्नीको इच्छा अनुसारका ठाऊँमा घूम्न जाँदा यस्ता झगडाबाट बच्न सकिन्छ ।

–    कहिले अफिसको पार्टी हुन्छ त कहिले साथीहरूसँग समय बिताउन मन लाग्न सक्छ तर, आफ्नो पार्टनरले भने यस कुरालाई बुझ्न नसक्दा यसले पनि झगडाको रूप लिन सक्छ । म मात्र घरमा बसेर परिवारको ख्याल गरौँ भन्न सोच आएको अवस्थामा पनि यसले झगडा निम्त्याउन सक्छ।

यसका लागि दुवैले एक अर्कालाई ठाऊँ दिनुपर्छ । कहिले एउटाले परिवारको पुरै जिम्मेवारि लिने त कहिले अर्कोले लिने गरे समस्याबाट भाग्न सकिन्छ । दुवैले मिलेर परिवारको रेखदेख गर्ने, मन लागेको र आवश्यक अवस्थामा एकले मात्र सम्हाल्ने गर्दा पनि झगडाबाट बच्न सकिन्छ । त्यसका लागि पति-पत्नीबीच राम्रो समझदारी हुनु आवश्यक हुन्छ ।

–    पति पत्नीको सम्बन्धमा टकराव आउने अर्को अवस्था हो, रातको अवस्था । पति या पत्नीलाई कुनै कारणवश एकअर्कालाई रातको समयमा साथ दिन नसक्ने हुन्छ । पत्नीलाई बिहान चाँडो उठ्नुपर्ने, पति थकानमा रहेको अवस्थामा पती या पत्नीसँग जिस्किने मुडमा नहुन सक्छन् । यस्तोमा दुवैबीच समझदारी हुन जरूरी छ ।

दुवैले एक-अर्काको अवस्थालाई बुझ्ने र एक-अर्कालाई जबरजस्ति नगर्ने गर्दा सम्बन्ध थप सुदृढ हुन्छ ।


  •  
  •  
  •