महिलालाई आकर्षित गर्न पुरूषमा हुनै पर्ने ५ कुरा

242
  •  
  •  
  •  

romantic-couple-with-red-roseकुनै पनि सम्बन्ध सुरूवातको प्रमुख हुने गर्छ । पहिलो भेट या हेराईमा मानिसले आफूले खोजेको मान्छे पहिचान गर्छन् र उक्त व्यक्तिसँग प्रेम हुन्छ भन्ने पनि कतिपयको धारणा छ । महिला र पुरूषबीचको सम्बन्धको सुरूवातमा केही कुराहरू निकै महत्वपूर्ण हुने गर्छ । महिलाहरू विषेशगरी आफ्नो भविष्यका लागि पुरूषहरूमा केही यस्ता बानी तथा व्यवहार खोज्ने गर्छन् जसले उनको जीवन भविष्यमा राम्रो हुनेछ ।

आफूले चाहेको बानी तथा व्यवहार भेट्टाए पुरूषसँगको सम्बन्धमा महिलाहरू सन्तुष्ट हुने गर्छन् ।  पुरूषका केही बानी तथा व्यवहारहरू जसले महिलालाई पुरूषसँग सम्बन्ध बनाउनका लागि आकर्षित गर्छ । थाहा पौ केही यस्ता कुराहरू

स्वभाव : कुनै पनि सम्बन्धको सुरूवात बाहिरी सुन्दरता या सुरूवाती कुराहरूलाई देखेर नै हुने गर्छ । तर, एउटा सम्बन्ध तबमात्र लामो समयसम्म टिक्न सक्छ, जब दुईको स्वभाव र एक अर्कालाई विश्वास गर्न सक्छन् । यदी कुनै पुरूषको स्वभाव राम्रो छैन् या उसलाई विश्वास गर्न लायक छैन् भने त्यो सम्बन्ध लामो समयसम्म टिक्दैन । यसकारण स्वभाव र विश्वासले महिलाहरूलाई सबैभन्दा बढी आकर्षित गर्छ ।

आकर्षक लुक : पुरूषको राम्रो पर्सनालिटी महिलाहरूका लागि प्रमुख हुने गर्छ । पुरूषहरूको छालाको रंगले महिलाको मन र मष्तिष्कलाई असर गर्ने गर्छ ।

मुस्कान : राम्रो कपडा र राम्रो लुकले महिलालाई प्रभावित गर्छ भने मुस्कान पनि महिलालाई आकर्षित गर्न उत्तिकै आवश्यक हुन्छ । मिठो र इमान्दार मुस्कान महिलाहरूलाई सबैभन्दा बढी प्रभावित गर्छ ।

शारीरिक स्वरूप : महिलाले पुरूषको उचाई र तौललाई महिलाले विषेश ध्यान दिने गर्छिन् । एक प्रतिवेदन अनुसार महिलाहरू धेरै उचाई र होचो पुरूषलाई कम मन पराउँछिन् । यसकारण औसत उचाई र लम्बाई महिलालाई आकर्षित पार्नका लागि पर्याप्त हुन्छ ।

ह्युमर: यदी कुनै महिलालाई आकर्षित गर्नुछ भने पुरूषले आफ्नो हाँसो सहित उनीहरूलाई हसाउनपनि सक्नु पर्छ । आफ्ना कुराले हसाउन सके उनीहरू आकर्षित हुने गर्छन् ।


  •  
  •  
  •