संशोधन विधेयक पारित गर्ने ५ दलको निर्णय

179
  •  
  •  
  •  

काठमाडौँ, ९ माघ(ओएनएस) : सत्तारुढ दल र मुख्य प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्ने निर्णय गरेका छन् ।

शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले संशोधन विधेयक परिमार्जनसहित पारित गर्ने निर्णय गरेको हो ।

बैठकले परिमार्जनको भाषा तयार गरि पेश गर्न तीन दलीय कार्यदललाई दिएको छ । कार्यदलमा विमलेन्द्र निधी, महेश आचार्य, मिनेन्द्र रिजाल, भिम रावल, अग्नि खरेल, कृष्णबहादुर महरा लगायतका रहेका छन् ।

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समेत स्वीकार गर्ने गरी विधेयक पारित गर्ने निर्णय भएको जानकारी दिए ।


  •  
  •  
  •