बलीका लागि ५ महिनाकी बालिकाको अपहरण

101
  •  
  •  
  •  

काठमाडौ, ८ असोज (एजेन्सी) : राजधानी दिल्लीसँग जोडिएको गुडगाऊँको पटौदी चोकबाट एक ५ महिनाको बालिकालाई प्रहरीले सकुशल उद्धार गरेका छन् । प्रहरीले बालिकाका अपहरणकर्ताहरूलाई समेत पक्राउ गरेको छ । प्रहरीले बालिकाको अपहरण बली चढाउनका लागि गरिएको हुन सक्ने बताएको छ ।

शनिबार राती पटौदी चोक नजिकै बनेको भवनमा बस्दै आएका शिव कुमारकी पाँच महिनाकी छोरी कशिश घर बाहिर खेलिरहेका बच्चाहरूको साथमा थिइन् । सोही क्रममा दिल्ली निवासी बबलू त्यहाँ पुगे र खेलिरहेको बच्चालाई आईसक्रिम दिने भन्दै कशिशसहित केही बच्चाहरूलाई आफैसँग लगेका थिए । केही पर पुगेपछि अन्य बच्चाहरूलाई झुक्याएर भागे । निकै लामो समयसम्म पनि कशिश नफर्केपछि परिवारहरूले यसको जानकारी प्रहरीलाई दिएका थिए ।

पाँच महिनाकी बालिका हराएपछि सूचना थाहा पाउने बित्तिकै घटनास्थलमा आईपुगेको थियो । घटनास्थलमा आएर जानकारी लिएपछि यस घटनाबारे दिल्ली प्रहरीलाई समेत जानकारी गराएर बालिकाको खोजी कार्य सुरू गर्यो । यसैक्रममा प्रहरीले दिल्लीको पाण्डव नगरमा बस्दै आएका बबलू पाँच महिनाकी बालिकाको साथ आफ्नो घरमा रहेको सूचना पाए । बबलूलाई उनका छिमेकी समातेर राखेका थिए । यति सूचना पाएपछि प्रहरी बबलूको घरमा पुग्यो र बालिकाको सकुशल उद्धार गर्यो र बबलूलाई समेत पक्राउ गरेको थियो ।

प्रहरीले गरेको सोधपुछका क्रममा बबलूले आफ्नो विवाह नभएको विषयलाई लिएर एक तान्त्रिकलाई भेटेको र तान्त्रिकले बालिकाको बली चढाए विवाह हुने बताएपछि ती बालिकालाई बली चढाउने उदेश्यले अपहरण गरेको बताए । अपहरणकर्ता एक मजदुर हुन् र दिल्लीबाट दैनिक गुडगाँऊ आउने-जाने गर्दथ्यो । अब प्रहरी ती तान्त्रिकको खोजीमा जुटेको छ ।

गुडगाँऊ प्रहरीले दिल्ली प्रहरीको मद्धतले ३६ घण्टाभित्र यस घटनालाई सुल्झाउन सफल भएको छ । प्रहरीले अपहरणकर्तालाई पक्राउ गरी बालिकाको सकुशल उद्धार गरी उनका माता-पितालाई जिम्मा लगाइएको छ ।


  •  
  •  
  •