काठमाडौंमा नक्कली ५० लाख भारु रुपैयाँ बरामद

416
  •  
  •  
  •  

काठमाडौं, २९ चैत (अाेएनएस) : काठमाडौंमा ठुलो मात्रामा नक्कली भारतीय रुपैयाँ बरामद प्रहरीले गरेको छ। विशेष सुचनाको आधारमा महानगरीय प्रहरी परिसरले ५० लाख भारु रुपैयाँ बरामद गरेको हो।

नेपाल हुँदै भारत तस्करी गर्न लागिएको भारु बरामद भएको प्रहरीले जनाएको  छ। ती नक्कली नोट तेस्रो मुलुकबाट आएको आशंका गरिएको छ।

१७ महिना अघि भारत सरकारले पुराना नोटहरुलाई प्रतिबन्ध लगाउँदै नयाँ नोटहरु सार्वजनिक गरेको थियो। कालो धन निरुत्साहित गरी नक्कली नोटको कारोबार रोक्न त्यस्तो कदम चालिएको थियो।

भारतमा ५ सय र एक हजार दरका पुराना नोट प्रतिबन्ध लगाएको छ। त्यसयता नेपालमा नक्कली भारु बरामद भएको थिएन। नक्कली भारुसहित पक्राउ परेका व्यक्तिहरुलाई प्रहरीले बुधबार दिउँसो सार्वजनिक गर्देछ। परिसरका प्रवक्ता डिएसपी मोहन थापाले नक्कली भारुसहित केही मानिस पक्राउ परेको पुष्टि गरेका छन्।


  •  
  •  
  •