प्रस्तावित विद्युत सम्झौता विरुद्ध पाँच दलले आन्दोलन गर्ने

253
  •  
  •  
  •  

 

काठमाडौं ६ साउन (ओएनएस) : एमाओवादी सहितका पाँच दलले नेपाल भारतबीच हुने भनिएको विद्युत सम्झौता विरुद्ध आन्दोलन गर्ने निर्णय गरेका छन् । पाँच दलको एकता समितिको बैठकले प्रस्तावित ‘नेपाल–भारत उर्जा सम्झौता’ नेपालका सार्वभौमिकतामाथिको हस्तक्षेप र राष्ट्रघाती भएको ठहर गर्दै त्यसको विरोधमा संघर्षका कार्यक्रममा गर्ने निर्णय गरेको हो ।
समितिका हालका अध्यक्ष मणि थापाको अध्यक्षतामा मंगलरबार बुद्धनगरमा बसेको बैठकले उक्त निर्णय गरेको हो । निर्णयमा ‘प्रस्तावित नेपाल–भारत उर्जा सम्झौता नेपालको सार्वभौमसत्ता माथिको गम्भिर हस्तक्षप हो । उर्जा, जल लगाएत अन्य राष्ट्रिय हितहरुमा एकाधिकार कायम गर्ने उद्देश्यबाट प्रस्ताव निर्देशित रहेको बैठकले ठहर छ भनिएको छ । नेकपा–माओवादी सचिव देव गुरुङले उर्जा सम्झौताको नाममा आएको प्रस्तावले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको दावी गरे ।

बैठकले नेपाल–भारत उर्जा सम्झौता सम्बन्धमा काठमाण्डौमा वृहत्तर अन्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यसैगरी सर्वपक्षिय राजनीतिक सभाको सम्बन्धमा कार्यगत एकता समितीले सरकारसँग वार्ता गर्ने र उपत्यका बाहिर पनि ‘कार्यगत एकता समिती’ का समितीहरु गठन गर्दै अन्र्तक्रिया र गोष्ठिहरु गर्न निर्देशन दिने निर्णय गरेको छ ।


  •  
  •  
  •