जापानमा ५ करोडको परोपकारी अक्षय कोष स्थापना गरिने

558
  •  
  •  
  •  

prgrom in japan for fund collectionजापान, २० मंसिर : जापानमा रहेका नेपालीहरूलाई पर्ने समस्या तथा अफ्ठ्याराहरूमा सहयोग तथा साथ दिनका लागि ५ करोड बराबरको अक्षय कोष स्थापना गर्ने तयारी गरिएको छ ।

जापानमा समस्यामा परेका नेपालीहरूलाई व्यक्तिगत तथा सामूहिक रूपमा आर्थिक सहयोग गर्दै समस्या समाधान गरिँदै आएकोमा सो कार्य लामो समयसम्म चलिरहने अवस्था नभएकाले अक्षय कोष स्थापना गर्ने तयारी गरिएको हो । प्रवासमा बस्ने नेपालीहरूको साझा संस्था गैरआवसीय नेपाली संघ एनआरएनएको जापानस्थित एनआरएनए जापानले यस्तो तयारी गरेको हो ।

के हो पाँच करोडको अक्षयकोष ?
जापानमा बस्ने नेपालीहरुका लागि पर्ने आकस्मिक सहयोग गर्ने आर्थिक अभियान नै परोपकारी अक्षय कोष हो । यस कोषले समस्यामा परेका सबै नेपालीलाई सबैलाई समान रुपले साथ र सहयोग गर्ने एनआरएनए जापानले जनाएको छ । जापानमा रहेका कुनै पनि नेपालीमाथि हुने अफ्ठ्यारो परिस्थितिमा आर्थिक सहयोग गर्ने योजनासहित कोषको स्थापना गर्न लागिएको एनआरएनए जापानले जनाएको छ ।

कोषमा जापानमा रहेका नेपालीहरूले आफूले सकेको सहयोग गर्ने र त्यसलाई एउटा बैंक खाता खोलेर राखिने छ । यसको संचालन एनआरएनए जापानको संरक्षणमा जापानका सवै संघसस्थाहरुको सहयोगमा हुनेछ ।

समस्यामा परेको अवस्थामा जो कोहीले चाहे रेष्टुरेन्टमा काम गर्ने कुक होस वा भाषा विद्यालयमा पढने विद्यार्थी होस वा रोजगार नपाएर बसेका विपन्न परिवारका सदस्यसँगै बिरामी भई अस्पताल भर्ना हुनु भएकाहरू, दुर्घटना तथा अन्य कुनैपनि कारणले ज्यान गुमाएकाहरुको परिवारलाई कोषबाट सहयोग प्रदान गरिने उल्लेख गरिएको छ ।

कसरी संचालन हुन्छ कोष?
एनआरएनए जापानका पदाधिकारीहरू सबैको नेतृत्वमा जापानमा रहेका हरेक संघसंस्थाका प्रतिनिधिहरुको यस कोषमा समान सहभागिता हुनेछन् । कोषको संचालनकालागि समिति तथा संरक्षक समितिको गठन गरि कोषलाई निश्पक्ष र साझा बनाइने एनआरएनए जापानले जनाएको छ । आकस्मिक तथा परोपकारी क्षेत्रमा कोषको रकम संचालन हुने भएकाले यसमा कुनैपनि आर्थिक कारोवार पारदर्शी हुनेछ ।

कसरी जुटदैछ स्रोत ?
एनआरएनए जापानको नेतृत्वमा यस परोपकारी आकस्मिक कोष स्थापनार्थ आर्थिक स्रोत जुटाउने अभियानको थालनी भएको छ । पाँच करोड अक्षय कोषका लागि एनआरएनए जापानले जापानका हरेक संस्थाका पदाधिकारीहरुसंग सामुहिक, व्यक्तिगत तथा संस्थागत हरेक हिसाबले संमन्वय सुरू गरिसकेको छ ।

यस्तै, उक्त अभियानलाई सार्थक बनाउन जापानमा आगामी डिसेम्वर २०, २२ र २४ तारिकका दिन टोकियो, ओसाका र फुकुओकामा नेपालका चर्चित हास्य कलाकारद्धय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ सहितका चर्चित कलाकारहरुको टोलीले कार्यक्रमको आयोजना गर्नेछन् ।

यसैगरी, आगामी वर्ष हुने नेपाल फेष्टिवल, तीज महोत्सव तथा अन्य विशेष कार्यक्रमको आयोजना गरि आर्थिक तथा अन्य स्रोत जुटाइनेछ ।


  •  
  •  
  •