यस्ता छन् पतिले पत्नीमाथी शंका गर्ने ५ काम

258
  •  
  •  
  •  

friends-demoवैवाहिक जीवनमा पति र पत्नीबीच आपसी विश्वास हुनु आवश्यक हुन्छ । तर, कहिलेकाँही शंकाका कारण सम्बन्धमा टकराव आउन सक्छ । केही पतिहरूले आफ्नो पत्नीको केही कामबाट शंका गर्ने गर्छन् । यस्ता केही व्यवहार छन् जुन पत्नीले दोहोर्याए पतिले शंका गर्ने ठाऊँ झन् थपिन्छः-

पत्नीले मोबाइलमा धेरै समय बिताउँदाः यदी कुनै विवाहित महिला मोबाइलमा धेरै कुरा गर्ने या वाट्सएप, फेसबुक धेरै चलाउँने गरे पतिको मनमा शंका पैदा हुन्छ । तर, यस्तो कार्यमाथि शंका गर्नु गलत पनि हुन सक्छ ।

पतिको नहुँदा बाहिर जानेः यदी पति नभएको मौका पारेर महिला पटक-पटक एक्लै घर बाहिर जाने गर्छिन् भने ती पत्नी पतिको शंकाको घेरामा पर्छिन् ।

पार्टीमा अन्य केटाहरूसँग हासेँर कुरा गर्नेः यदी कुनै महिला पार्टीहरूमा अन्य पुरूषसँग बढि बोल्ने र हाँसेर गफ गर्ने गरे पतिको मनमा शंका उत्पन्न हुन सक्छ ।

घरमा आएर पनि अफिसको कुरा गर्नेः यदी कुनै महिला आफ्नो पतिसामू अफिसका सहकर्मीहरुको कुरा बढि गर्ने गरे पतिले शंका गर्ने ठाऊँ रहन्छ । यस्तै, आजको समयमा महिलाहरू पुरूषसँग काँध मिलाएर अगाडि बढिरहेका छन् ।

बढि सजिनेः महिलाहरूमा आफू सजिने काम पुरूषहरू भन्दा बढि हुने गर्छ । तर, यही कुरा पुरूषहरूमा कहिलेकाही शंका गर्ने ठाऊँ रहन्छ ।


  •  
  •  
  •